४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यलय अगाडि नेविसंघको होम– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ ।

बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आई ओ ई ) ले गरेको शुल्कवृद्धि बिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसि कार्यलय अगाडि होम हालेर सांकेतिक बिरोध जनाएको हो ।

बिरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रिय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताउनु भयो । उहाँले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्कवृद्धि घटाउन माग गर्दै बिरोध प्रदर्शन गरिरहेको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयको भिसिलाई विद्यार्थीको पक्षमा सकारात्मक रुपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईं आमरण अनुसनमा हुनुहुन्छ, स्वास्थ्य अवस्था जटिल छ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गर्दै आएका थियौँ । बालुवाटारमा प्रधानमन्त्री निवास, पुलचोक क्याम्पसमा आन्दोलन गर्‍यौं । हाम्रो निदाएको भिसी ब्युँझनुपर्छ, उहाँको दिमागमा पोजेटिभ भाइब्रेट हुनुपर्छ, फी घटाउन उहाँले आनाकानी गरिरहनुभएको छ । उहाँलाई आज सन्देश दिनका लागि हामीले हवन गरेका हौँ ।’

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।