४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै
अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट आज बुधबार देखि सुरु हुँदैछ । नेपालले आज उद्घाटन खेलमा पाकिस्तानसँ प्रतिस्पर्धा गर्दैछ ।

नेपालले इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको हो । ओडिआई क्रिकेट वरीयतामा शीर्ष स्थानको पाकिस्तान र तेस्रो स्थानको भारतसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्नेछ ।

नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल खेल्दैछ । नेपालका कप्तान रोहित पौडेल मुल्तानमा विश्व क्रिकेटका नम्बर एक ब्याट्सम्यान तथा पाकिस्तानका कप्तान बाबर आजमसँग टसका लागि जानेछन् । उक्त क्षण नेपाली क्रिकेटलाई विश्वले हेर्ने र चिन्ने समय रहेको छ ।

खेलअघि मंगलबार भएको पत्रकार सम्मेलनमा कप्तान पौडेलले नेपालले एशिया कपमा डेब्यू गर्न लागेकाले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालीका लागि उत्सव जस्तै हुने बताएका छन् ।

रोहितले पाकिस्तानविरुद्ध खेल्न आफूहरु आतुर रहेको र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन् । ‘एसिया कप नेपालीहरूको ठूलो सपना हो । हामीबाट धेरै आशा गरिएको छ । पाकिस्तान हाम्रो लागि राम्रो प्रतिद्वन्द्वी हो । तैपनि हामी पाकिस्तानसँगको खेल प्रतिस्पर्धी बनाउन चाहन्छौँ’ राहितले भने ।

ब्याटिङ र बलिङमा नेपाली खेलाडी पनि कमजोर नरहेको बताउँदै रोहितले पाकिस्तानसँग ठूलो अनुभव रहेको जनाए । एक बल पनि नेपालको लागि महत्वपूर्ण रहने रोहितको भनाई छ । साथै, पाकिस्तानी खेलाडी मोहम्मद रिजवानले आफूहरूसँग अनुभव साटेको जनाउँदैपाकिस्तानसँगको खेलबाट धेरै कुरा सिक्ने रोहितले बताए ।

क्रिकेट इतिहासमै नेपालले पहिलो पटक रिभ्यु लिनसमेत पाउने एसीसीले जनाएको छ । खेलका दौरान अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत लागेमा १५ सेकेण्डभित्र कप्तान रोहित पौडेलसँगै अन्य ब्याटरले रिभ्यु लिन पाउने छन् ।

आजदेखि सुरु हुने एशिया कपमा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) उपलब्ध गराइनेछ । धेरै पटक नेपाली खेलाडी अम्पायरको गलत निर्णयको शिकार हुँदै आएकोमा अब यसबाट नेपाललाई राहत मिल्ने देखिएको छ । नेपालसहित एसोसिएट टोलीले यसको सुविधा पाउन सकेका छैनन् किनभने यो प्रविधि निकै महँगो हुन्छ ।

यसैबीच, पाकिस्तानले नेपालविरुद्ध उत्रने प्लेइङ–११ सार्वजनिक गरेको छ । बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक,आघा सलमान र इफ्तिखर अहमद लगायत छन् ।

पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

नेपालको टोलीः
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल ।