४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यसपालिको गाईजात्रामा पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइने

यसपालिको गाईजात्रामा पुस्ता हस्तान्तरण कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइने
अ+ अ-

काठमाडौं, १२ साउन । ब्रान्ड वर्थ प्रा. लि. को आयोजनामा यस वर्षको गाईजात्रा नेपाल प्रज्ञा भवनमा हुने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी हाँस्यकलाकारहरुले गाईजात्राको कार्यक्रमबारे जानकारी गराएका हुन् ।

ब्राण्ड वर्थका प्रमुख मोहन गजुरेलले यसवर्ष प्रज्ञा भवनसहित देशमा विभिन्न सहरमा गाईजात्राको देखाइने बताए । हाँस्यकलाकारहरुले विराटनगर, बर्दिबास र चन्द्रनिगापुरमा गाईजात्रा कार्यक्रम सकेर आएको बताए । काठमाडौंमा १४ गतेदखि १७ गतेसम्म प्रज्ञा भवनमा गाईजात्रा प्रस्तुत गरिने उनले बताए ।

हाँस्यकलाकार शैलेन्द्र सिंखडाले गाईजात्रा डबलीबाट रङ्गमञ्चमा २०३३ सालमा पुगेको बताए । उक्त काम सत्यमोहन जोशीले गरेको उनले स्मरण गरे । आफूले २०३७ सालबाट गाईजात्रा गर्ने गरेको भएपनि बीचमा कोरोनाको कारण दुई वर्ष डिजिटल माध्यमबाट गाईजात्रा देखाएको बताए ।

‘मैले २०३७ सालबाट गाईजात्रामा कार्यक्रम गरेको, अहिलेसम्म निरन्तरता थियो । कोभिडको कारणले दुईवर्षबीचमा छुट्यो । त्यो छुट्दा पनि ब्रान्ड वर्थ प्रा.लि. ले डिजिटल माध्यमबाट दर्शक समक्ष पुर्याउने काम गर्यो,’– उनले भने ।

उनले ब्राण्ड वर्थ प्रा.लि. का प्रोपाइटर मोहन गजुरेलको प्रस्तावमा अहिलेको गाईजात्राका गर्न लागेको बताए । आफूले गरेको यो गाईजात्रा चौथो पुस्तासँगको भएको बताउँदै उनले पुस्ता हस्तान्तरी कसरी हुन्छ भन्ने नेताहरुलाई देखाइँदिने बताए ।

‘मैले गरेको गाईजात्रा हो, चौथो पुस्तासँगको गाईजात्रा हो । राजपाल हाडा दाई, मोहन दाई, हरि दाई, सन्तोष दाई तीते जिरे मेरीबास्सै र यो समेत गरेर मेरो यो चौथो पुस्तासँगको गाईजात्रा हो । पुस्ता कसरी हस्तान्तरण हुन्छ भनेर हामी नेताहरुलाई देखाईन्छौं,’– उनले भने । संस्कृतिको निरन्तरता र पुस्ता हस्तान्तरण गाईजात्राको प्रमुख उद्देश्य भएको उनको भनाई छ ।

अर्का हाँस्यकलाकार मनोज गजुरेलले गाईजात्राको परम्परालाई जोड्न र पुस्ता हस्तान्तरणको सन्देश दिनका लागि यो वर्षको गाईजात्रा आयोजना गरेको बताए । कार्यक्रममा उपस्थितिका लागि उनले सबैलाई आग्रह गरे ।

कार्यक्रम प्रज्ञा भवनमा १४ गते दिउँसो र बेलुका गरी दुई शो, १६ गते एक शो र १७ गते दुई शो मा प्रस्तुत हुनेछ । कार्यक्रममा वरिष्ठ संगितकार टीका भण्डारी, हाँस्यकलाकारहरु सुवोध गौतम, चक्र दवाडी, सीता न्यौपाने, प्रभात लामा, मेक्सम गौडेल, सुन्दर खनाल, रुविना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।