४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वार्षिकोत्सवका अवसरमा महानगर प्रहरी बलको विशेष सरसफाइ

वार्षिकोत्सवका अवसरमा महानगर प्रहरी बलको विशेष सरसफाइ
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले स्थापना दिवसका अवसरमा स्वयम्भू परिक्रमा क्षेत्र र पार्कको विशेष सरसफाइ गरेको छ । विहान ७ बजेबाट सुरु भएको सफाइ साढे ९ बजेसम्म चलेको थियो ।

सफाइका क्रममा १५ मेट्रिक टन फोहोर संकलन गरियो । सफाइमा वित्त समितिका संयोजक एवं वडा नं। १५ का अध्यक्ष ईश्वरमान डंगोल, कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जनलगायत जनप्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

महानगरपालिका घोषणा हुनु अघि २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा गठन गरेको हो । त्यस समयमा २१९ जना प्रहरी थिए ।महानगरपालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयन गर्नु, सहरी सुव्यवस्थापनका विविध क्षेत्रको व्यवस्थापन गर्नु नगर प्रहरीको मुख्य जिम्मेवारी हो । प्रहरीका कामलाई व्यवस्थापन गर्न २०८० साल असारमा सम्पन्न नगर सभाको १३ औँ अधिवेशनले महानगर प्रहरी ऐन जारी गरेको छ ।

ऐनले महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेखको काम गर्ने, सरसफाइ र सुन्दरता, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा जिम्मेवारी दिएको छ । जिम्मेवारी पूरा गराउन महानगरको भूगोललाई ४ क्षेत्रमा बाँडेर क्षेत्रगत कमाण्डर र विभिन्न दर्जाका प्रहरी खटाएर काम गरिरहेको छ ।

व्यवसायिक प्रयोजनमा भएका भूमिगत तलाहरुलाई पार्किङ्ग व्यवस्थापन उपयोगमा ल्याउने, गैरकानुनी संरचना हटाएर सार्वजनिक स्थललाई खाली गराउने, नदीको प्राकृतिक वहाव क्षेत्रमा भएको अतिक्रमण हटाउने लगायत कामले महानगर प्रहरी बलप्रति नगरबासीले भरोसा व्यक्त गर्न थालेका छन् ।