२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिको कार्यक्षेत्र धेरै रहेकाले समन्वयकारी भुमिका निभाउनेछुः आरजु राणा देउवा



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित हुनुभएको छ ।

सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताउनु भयो । उहाँले संविधान अनुरुप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताउनु भयो । उहाँले कृषी वृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भुमिका निर्वाह गरेर अघि बढ्ने बताउनु भयो ।

देउवाले भन्नुभयो, ‘समिति बनेको धेरै त भएको छैन । धेरै ब्रिफिङ लिएर पहिले डिसीजन भइसकेको जस्तो लाग्छ । मन्त्रीले पनि समय दिइरहनुभएको छ । मन्त्रालयका सचिवहरुले पनि ब्रिफिङ गरिरहनुभएको छ । धेरै वृहत कार्य भएको क्षेत्र हो । यो कार्यक्षेत्रमा जति पनि माननियज्युहरु हुनुहुन्छ आफ्नो यरीयामा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ । त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ । जतिपनि माननिय ज्यूहरुको प्रश्तुती, उहाँहरुको इन्फरमेसन इन्डेप्थ छ । अन्तर्राष्ट्रिय रुपमा पनि उहाँहरुलाई धेरै कुरा थाह भएको छ ।

सभापति भनेको कोर्डिनेटरको भुमिका हो । यहाँ साथीहरुले दिनुभएको सुझाव, यहाँहरुले देखाउनुभएको मार्गमानै अगाडी कामकाज बढाउने योजना छ । त्यस हुनाले मलाई एकदमै खुसी लागेको छ । राम्रो सहकर्मी साथीहरुसँग मिलेर केही काम गर्न पाउँछु होला भन्न चाहन्छु । संबिधान अनुरुप र जनताको आशा अनुरुप सरकारलाई दिने पोलीसी,डिरेक्सनहरु र सरकारको काम गर्ने तौरतरीकामा गर्न सक्ने इम्प्रुभ्मेन्टमा सफलताका साथ अगाडी बढोस् भनेर भन्छु ।’

उहाँले संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भुमिका खेल्ने बताउनु भयो ।