५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छ: माधव नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी अािर्थक सहयोग परियोजना (एमसीसी) को व्याख्यात्मक टिप्पणीमा प्रश्न उठेको बताउनुभएको छ ।

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले एमसीसीको व्याख्यात्म टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले सीमानासँग जोडिएका विषयवस्तुहरु चुनौतिको रुपमा आइरहेको भन्दै छलफल र संवादबाट टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरु आइसकेका छन् । केही जल्दाबल्दा विषयहरु छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ की छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । हाम्रो सीमानासँग जोडिएका विषयवस्तुहरु पनि आएका छन् । सीमानासँग जोडिएको विषयवस्तु भित्र संवेदनशील कुराहरु छन् । संयुक्त राष्ट्रको बडापत्रदेखि लिएर असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राख्नुपर्छ ।’

अध्यक्ष नेपालले संयुक्त राष्ट्रको बडापत्रदेखि असंलग्न परराष्ट्र नीतिका सबै कुरालाई ध्यानमा राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै