४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो
डोलेश्वर मन्दिर।
अ+ अ-

काठमाडौँ । चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ ।

सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत उद्यापन गर्न पाएका थिएनन् । पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रावणभरी व्रत गरेका वर्तालुले आज गोदान र पूर्णपात्र दान गरी उद्यापन गरिरहेका छन् ।

श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा महाशिवरात्रि र तीजको अवसरमा जस्तैगरी भक्तजनका लागि व्यवस्था गरिएको जनाएको छ । आज बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिएको कोष, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा आज बिहानैदेखि साउने सोमबारको व्रत गरेका विशेषगरी रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनको बढी भीड देखिएको थियो ।

दिउँसोपछि भने पशुपति क्षेत्रमा रहेका ब्राह्मण, पुरोहितसँग गोदान र पूर्णपात्र गराई व्रत उद्यापन गर्नेको भीड लागेको उहाँले बताउनुभयो । साउनको सोमबार व्रत गरी पशुपतिनाथलगायत शिवालयमा पूजा, आराधनासहित दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउन महिनामा शुद्ध जल ल्याई पशुपतिनाथमा बोलबम यात्रा गरेर जल चढाउने भक्तजनको भीड लाग्ने गर्दछ ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ र भारतीय राजदूतावसामार्फत् आउनुभएका भारतका उच्च सैनिक अधिकारीले पनि आज पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवम् दर्शन गर्नुभएको कोषले जनाएको छ ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो । यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । साउनको सोमबार व्रत बसी शिवालयमा जान नसक्ने भक्तजनले भने घरमै गोदान र पूर्णपात्रदान गरी व्रत उद्यापन गर्ने व्रत विधि रहेको छ । रासस