९ श्रावण २०८३, शनिबार
,
Latest
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर १ वडामा महानगरकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडा कोपुण्डोलले वडावासीहरुको सम्पूर्ण स्वास्थ्यसँग सम्बन्धित विषयहरुलाई समेटी डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण कार्यको थालनी गरेको छ ।

आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मधुकर मणी आचार्यका अनुसार यस स्वास्थ्य प्रोफाइलले जेष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला, ५ वर्ष मुनीका शिशुको विवरण संकलन गर्नुका साथै समग्र वडाको स्वास्थ्य अवस्था चित्रण गर्न सकिने जनाउनु भएको छ ।

ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारले विशेष गरी ६८ वर्षमाथिका जेष्ठ वडावासीहरुलाई निमोनिया विरुद्धको खोप सुनिश्चित गर्न, बालबालिकामा खोप, पोषणको अवस्था पत्ता लगाउन, सुत्केरी र गर्भवती महिलाहरुलाई लक्षित गरी सुरक्षित मातृत्व कार्यक्रम सफल पार्नको लागि यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

स्वास्थ्य संयोजक समेत रहनु भएका वडा सदस्य कृष्ण महर्जनले पहिलो चरणमा स्वास्थ्य स्वयम्सेवकीकाहरुले स्थायी बासिन्दा, बहालमा बस्ने परिवार र व्यवसायीहरुको घरमा सर्भेमा गर्नुहुनेछ यस लगतै चिकित्सक सहित स्वास्थ्यकर्मीबाट घरदैलो स्क्रीनिङ्ग सेवा सुरु गरिने बताउनु भएको छ ।

डिजिटल स्वास्थ्य प्रोफाइलको सफ्टवेयर निमार्ण, सर्वेक्षण व्यवस्थापन लगायतका प्राविधिक कार्यको जिम्मेवारी क्रिजम्याटिक डिजिटल सोलुसन प्रा.लि. ले लिएको छ ।

स्वास्थ्य सेवाको भावी कार्ययोजना बनाउनको साथै स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्नको लागि वडाले विभिन्न योजनाहरु कार्यान्वयनमा ल्याएको छ ।

टेकु अस्पतालको सुलभ दररेटमा दैनिक ल्याब सेवा सञ्चालन गर्दा ललितपुर महानगरपालिका १ वडावासी मात्र नभई छिमेकी वडा र काठमाडौं महानगरपालिकाका वासिन्दाहरुले समेत लाभ लिन थालेका छन् ।