• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

वृद्धाश्रममा ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती



गण्डकी । पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारीखेती सुरु गरिएको छ ।

माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारीखेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिनुभयो । “सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ”, उहाँले भन्नुभयो, “तरकारीमा मात्रै वार्षिक रू चारदेखि पाँच लाख खर्च हुने गरेको छ ।”

प्रविधि सफल भएमा आश्रमलाई तरकारीमा आत्मनिर्भर बनाउँदै बाहिर बिक्री गरेर थप आयआर्जन गर्ने लक्ष्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो । “लहरै मिलेका पोलिथिन पाइपको माथिल्लो भागमा पारिएका प्वालमा सानो फमको टुक्राको बीचमा राखिएका पेपर कपमा लगाइएका गोलभेँडा र सलाद सागका बिरुवा फस्टाएका छन्”, उहाँले भन्नुभयो, “परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कूल दुई सय ७० बिरुवा लगाइएको छ ।”

अध्यक्षय पराजुलीका अनुसार आश्रमको छानाबाट वर्षात्को पानी सङ्कलन गरी मोटरको सहायताले पाइपमार्पmत सञ्चालन गरिएको छ । बिरुवालाई पोषणका रुपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको उहाँले बताउनुभयो ।

हाइड्रोपोनिक प्रविधि संयोजक सिद्धिकुमार रेग्मीका अनुसार गोदावरी नगरपालिकाको ठेचोस्थित कुशल गुरुङले सञ्चालन गर्नुभएको उक्त प्रविधिको स्थलगत अवलोनपश्चात् आश्रममा सो प्रविधिबाट तरकारीखेती सुरु गरिएको हो ।

पहिलो पटक सुरु गरिएको उक्त प्रविधिअन्तर्गत न्युटेसनको मात्रा नमिल्दा र खुला स्थलमा भएको हुँदा सोचेजस्तो नभए पनि आगामी दिनमा व्यवस्थित गर्दै आश्रमलाई आवश्यक तरकारी उत्पादन गर्ने अभियानमा जुटेको उहाँको भनाइ छ ।

आश्रममा समाजका विपन्न, असहाय र अपहेलित ज्येष्ठ नागरिक र सेवकसेविका गरी कूल ५५ जना आश्रित छन् । आश्रमको गोठमा सानाठूला गरी छ गाई रहेको बताउँदै रेग्मीले भन्नुभयो, “गाईको दूधले आमाबुवालाई पुगेको छ भने मलले वृद्धाश्रमको हातामा परम्परागतरुपमा मौसमअनुसारको तरकारीखेती गरिएको छ ।” रासस