• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने भएको छ । सो पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो ।

स्रोतका अनुसार जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिने भएका हुन् । रास्वपाले उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेपछि जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

पराजुलीको उम्मेदवारी फिर्ता भएपछि १० वटै सहमतिले सर्वसम्मत नेतृत्व पाउने भएको छ ।