१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भयो: प्रभु साह



अ+ अ-

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालमा लोकतन्त्र देखाउने दाँत मात्रै भएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले छोटे राजाहरुले हालीमुहाली गर्दै शासनसत्ता चलाइरहेको आरोप लगाए ।

उनले नेपालमा लोकतन्त्र अझै नआईसकेको बताउदै भने, ‘प्रस्ट देख्न सकिन्छ कि नेपालमा दलका नेता र नेताका आशेपासेहरुको शासन छ । तिनीहरुको हालीमुहाली छ । आम जनता निरीह छन् ।’

उनले देखाउने दाँत लोकतन्त्र भएपनि चपाउने दाँत दलतन्त्र भएको टिप्पणी गरे । केही दल र त्यसका आसेपासेहरुले गरेको राज जनताले लाचार भएर हेर्नुपरेको उनको भनाई छ ।

दलीय सिन्डिकेट र दलीय निरंकुशतामा छोटे राजाहरुले रजगज गरिरहेको बताउदै उनले यस्तो खाले शासन प्रणालीबाट नेपालको भविष्य खोज्न नसकिने बताए ।