२१ श्रावण २०८३, बिहीबार
,
Latest
पाकिस्तानी कारागारबाट रिहा भएका ३२५ जना अफगान कैदी बन्दी स्वदेश फिर्ता इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’ गण्डकीमा पर्यापर्यटनको नाममा साढे ३२ करोड खर्च, उपलब्धि न्यून राज्य व्यवस्था समितिमा ‘सैन्यीकरण’ शब्दलाई लिएर सांसदहरूबीच भनाभन, अमरेशले सभापतिलाई भने–यसरी समिति चल्दैन क्षेत्राधिकारको स्पष्ट सीमाङ्कन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छः उपनेता अर्याल सैन्य संख्या बढाउने तर शिक्षा र रोजगारीमा ध्यान नदिने सरकारको नीति गलतः डा. अमरेशकुमार सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार



तस्बिरः एन्फा । फाईल फोटो
अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ ।

शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।

मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उहाँको भनाइ छ ।

मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किनुभएको थियो । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ । रासस