२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्ध शुरु भए यता पहिलो पटक राजधानी बाहिरको भ्रमणमा निस्किए जनरल कमाण्डर बुर्हान



अ+ अ-

एजेन्सी । सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गर्नुभएको छ ।

अप्रिलमा युद्ध शुरु भए यता उहाँ पहिलो पटक बाहिरी क्षेत्रको भ्रमणमा निस्किनुभएको हो । उहाँले सो अवसरमा उत्तरको ओमदुरमान शहरमा रहेको सेनाको चौकीरहको निरीक्षण गर्नुभएको थियो ।

सुडानमा अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भइरहेको छ । जसमा ३ हजार भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।