२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गदर २’ बन्यो सबैभन्दा छिटो ४५० करोड कमाउने हिन्दी फिल्म



अ+ अ-

एजेन्सी । सनी देओल स्टारर ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । रिलिज भएको १७ दिन आईपुग्दा सम्म पनि फिल्मले उत्तिकै राम्रो कलेक्शन गरिरहेको छ ।

फिल्मले विभिन्न रेकर्डहरु तोडिरहेको छ । यसैबीच फिल्मले सबैभन्दा छिटो ४५० करोड कमाई गर्ने रेकर्ड पनि राखेको छ ।

बलिउड ट्रेड एनालिस्ट तथा क्रिटिक्स तरण आदर्शका अनुसार यो फिल्मले सबैभन्दा छिटो ४५० करोड कमाई गर्ने मामिलामा पठान, बाहुबली २ को रेकर्डलाई पछि पारेको छ । गदर २ ले १७ दिनमा ४५० करोडको आँकडा छोएको हो ।

यसअघि ‘पठान’ले १८ तथा ‘बाहुबली २’ ले २० दिनमा ४५० करोडको आँकडा भेटेका थिए ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देओलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।