४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सन्दर्भ एसिया कपः सबैभन्दा बलियो टिम कुन हो ?

सन्दर्भ एसिया कपः सबैभन्दा बलियो टिम कुन हो ?
अ+ अ-

एजेन्सी । विश्वका सबै क्रिकेट फ्यानमध्ये ८५ प्रतिशत एसियामा मात्रै छन् । यस सन्दर्भमा एसियामा दबदबा रहेको टोलीको हैसियत विश्व क्रिकेटमा पनि निकै उच्च छ ।

यसैबीच यस महादेशमा खेल्ने सबै टोलीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेदेखि कसरी प्रदर्शन गरेका छन् भनेर यहाँ चर्चा गरौँ ।

भारतले एसिया कपमा ६ टोलीमध्ये सबैभन्दा बढी आईसीसी र एसीसी उपाधि जितेको छ, तर तीनवटै ढाँचामा पाकिस्तानको जितको प्रतिशत सबैभन्दा बढी छ ।

पाकिस्तानले टेस्ट, एकदिवसीय र टी–२० गरेर ४८.१९ प्रतिशत खेल जितेको छ । भारत ४६.६९ विजय प्रतिशतका साथ दोस्रो स्थानमा छ ।

अब प्रत्येक ढाँचामा टोलीहरूको प्रदर्शनबारे थोरै चर्चा गरौँ ।

भारतः २ पटक एकदिवसीय विश्वकप विजेता १ पटक टी–२० विश्वकप विजेता, २ पकट च्याम्पियन्स ट्रफि विजेता र ७ पटक एसिया कप विजेता ।

भारतीय टोली विगत ९१ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल २५ जुन १९३२ मा इङ्ल्यान्डविरुद्ध इङ्ल्यान्डमा खेलेको थियो ।

भारतले हालसम्म १८१० खेल खेल्दा ८४५ खेलमा जित, ६८१ खेलमा हार तथा २२२ खेल बराबरी गरेको छ । यस्तै, १४ खेल टाई हुँदा ४८ खेल नतिजाविहिन रह्यो ।

भारतको एकदिवसीय खेलको कुरा गर्दा हालसम्म १०३२ खेल खेलेको छ । जसमध्ये ५४१ खेलमा भारत विजयी बनेको छ । ४३९ खेलमा पराजित हुँदा ९ खेल टाई भएको छ । यस्तै, ४३ खेल नतिजाविहिन बन्यो ।

अर्कोतर्फ भारतले २०६ टी–२० खेल खेल्दा १३१ खेलमा जित, ६६ खेलमा हार ब्यहोर्दा ४ खेल टाई भएको छ । यस्तै ५ खेल नतिजाविहिन रहेको छ ।

श्रीलंकाः एकदिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफि समान १–१ पटक विजेता, ६ पटक एसिया कप विजेता

एसियाली टोलीमध्ये भारतपछि सबैभन्दा ठूलो उपाधि श्रीलंकाले जितेको छ । टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल ७ जुन १९७५ मा खेलेको थियो ।

श्रीलंकाले हालसम्म सबै फम्र्याट गरी जम्मा १३८६ खेल खेलेको छ । जसमध्ये ५८८ खेलमा जित, ६५६ खेलमा पराजय तथा ९२ खेल बराबरी खेलेको छ । यस्तै, ९ खेल टाई बन्दा ४१ खेल नतिजाविहिन बनेको छ । श्रीलंकाको एकदिवसीय खेलको कुरा गर्दा जम्मा ८९४ खेल खेलेको छ ।

जसमध्ये ४०९ मा जित, ४४१ खेलमा पराजय ब्यहोर्दा ३९ खेल नतिजाविहिन बनेको छ । साथै ५ खेल टाई भएको छ । श्रीलंकाको टी–२० खेलको कुरा गर्दा हालसम्म १७९ खेल खेलेको छ । जसमध्ये ७९ खेलमा जित निकाल्दा ९४ खेलमा भने पराजय बेहोरेको छ । यस्तै, ४ खेल टाई हुँदा २ खेल नतिजाविहिन रह्यो ।

पाकिस्तानः एकदिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफि समान १–१ पटक विजेता, २ पटक एसिया कप विजेता

ठूला उपाधि जित्ने मामिलामा भारत र श्रीलंकाभन्दा पछि परे पनि तीनै फर्म्याटमा पाकिस्तानको जितको प्रतिशत उत्कृष्ट छ ।

पाकिस्तानले हालसम्म सबै फम्र्याट गरी १६३२ खेल खेलेको छ । जसमध्ये ७८८ खेलमा जित निकाल्दा ६४० खेलमा पराजय ब्यहोरेको छ । यस्तै, १६६ खेल बराबरी हुँदा १२ खेल टाई भएको छ भने २६ खेल नतिजाविहिन रहेको छ ।

पाकिस्तानको एकदिवसीय खेलको कुरा गर्दा हालसम्म उसले ९५६ खेल खेलेको छ । जसमध्ये ५०६ खेलमा जित निकाल्दा ४२१ खेलमा पराजित भएको छ । यस्तै, ९ खेल टाई हुँदा २० खेल नतिजाविहिन बनेको छ ।

बंगलादेशः बंगलादेश टोलीले आफ्नो पहिलो क्रिकेट खेल ३१ मार्च १९८६ मा खेलेको थियो ।

बंगलादेशले हालसम्म सबै फम्र्याट गरी ७०५ खेल खेलेको छ । जसमध्ये २२६ खेलमा विजयी बन्दा ४४९ खेलमा पराजित भएको छ । यस्तै, १८ खेल बराबरीमा सकिँदा १२ खेल नतिजाविहिन बनेको छ ।

बंगलादेशको एकदिवसीय खेलको कुरा गर्दा उसले ४१५ खेलमा १५२ मा जित र २५४ खेलमा हार ब्यहोरेको छ । यस्तै, ९ खेल नतिजाविहिन बनेको छ । यो टोलीको टी–२० खेलको चर्चा गर्दा हालसम्म १५२ खेल खेल्दा ५६ मा जित, ९३ मा हार तथा ३ खेलमा टाई भएको छ ।

अफगानिस्तानः यो टोलीले कुल ५५.०१ प्रतिशत खेल जितेको छ । यद्यपि, टोलीले सबैभन्दा धेरै खेल गैर–टेस्ट खेल्ने देशहरूसँग खेलेको छ ।

अफगानिस्तानले सबै फम्र्याटमा गरी २७२ खेल खेलेको छ । जसमध्ये १४८ खेलमा जित निकाल्दा ११८ खेलमा पराजित भएको छ । यस्तै २ खेल टाई बन्दा ४ खेल नतिजाविहिन बनेको छ । अफगानिस्तानले १५० एकदिवसीय खेल खेलेको छ ।

जसमध्ये ७३ खेलमा जित निकाल्दा ७२ खेलमा पराजित भएको छ । यस्तै, ४ खेल नतिजाविहिन रहँदा १ खेल टाई भएको छ । टी–२० खेलको कुरा गर्दा अफगानिस्तानले ११५ खेल खेलेको छ । जसमध्ये ७२ खेलमा विजयी बन्दा ४२ खेलमा हार ब्यहोरेको छ । यस्तै १ खेल भने टाई भएको छ ।

यसिया कप भदौ १३ गतेदेखि सुरु हुँदैछ । नेपालले उद्घाटन खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नोटः नेपालले पहिलोपटक ठूलो प्रतियोगिता खेल्न लागेको हो । त्यसैले यहाँ नेपालको चर्चा गरिएको छैन ।