२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति छ: आरजु राणा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति रहेको बताउनुभएको छ ।

आईतवार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिमा मसिनोसँग आफूलाई मन लागेको विषयमा काम गर्न पाइन्छ । समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई उनीहरुको रिपोर्ट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ? जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरु हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडि अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ । म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’

उहाँले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताउनु भयो ।