५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा पोथीबाघ



फाईल फोटो
अ+ अ-

जानकी । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिइ बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका–७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको निकुञ्जका संरक्षण अधिकृत श्याम शाहले जानकारी दिनुभयो ।

उक्त पोथीबाघले सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरुवानीमा दुई जनालाई आक्रमण गरी मारेको थियो । अधिकृत शाहका अनुसार नियन्त्रणमा लिइएको उक्त पोथीबाघ १२ वर्ष उमेरको छ । दुई सय ६८ सेन्टिमिटर लम्बाइ रहेको पोथीबाघको उचाइ ९८ सेन्टिमिटर छ भने छातिको गोलाई ९४ सेन्टिमिटर भएको उहाँले जानकारी दिनुभयो ।

हाल बाघको स्वास्थ्य अवस्था पूर्णरुपमा राम्रो रहेको शाहको भनाइ छ । उहाँका अनुसार बाघको रेखदेखका लागि हेमराज चौधरी, दीपेन्द्र खड्का, हिरेप्रसाद जैसी र हेमराज रोकाय गरी निकुञ्जका चार जना गेम स्काउट खटिएका छन् ।

गेम स्काउट दीपेन्द्र खड्का अनुसार बाघलाई आहारका रुपमा एक पटकमा १५ केजी भैँसीको मासु खुवाउने गरिएको छ । “भोकाएको अवस्था बुझेर तीनदेखि पाँच दिनको फरकमा आहारका रुपमा भैँसीको मासु दिने गरेका छौँं”, उहाँले भन्नुभयो । बाघ बस्ने ठाउँको आवश्यकताका आधारमा सरसफाइ पनि भइरहेको खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाघलाई तीन वटा ब्लकमा राखिएको छ । तीनमध्ये एउटामा बाघलाई थुनेर राख्छौँ र अन्य दुई वटा ब्लक सफा गर्छौँ । सफा गरिएको ब्लकमा मासु राखिदिएर बाघले मासु खान गएको मौका छोपी फेरि अर्को ब्लक सफा गर्छौँ ।” बाघलाई आहार दिँदाभन्दा फोहर सफा गर्दा बढी खतरा हुने गेम स्काउट खड्काले बताउनुभयो । उहाँका अनुसार संरक्षणमा राखिएको उक्त बाघको आवाज सुनेर संरक्षित क्षेत्रभन्दा बाहिर पनि बाघ देखा पर्ने गरेका छन् ।

वन्यजन्तुका लागि बनाइएको उक्त ‘होल्डिङ केज’को क्षेत्रफल एक सय ८६ मिटर रहेको गेम स्काउट हेमराज रोकायले जानकारी दिनुभयो । “उक्त क्षेत्रफलभित्र तीन वटा ब्लकमा मांसहारी वन्यजन्तु संरक्षणका लागि घर बनाइएको छ”, उहाँले भन्नुभयो, “सोही घरमा पोथीबाघलाई संरक्षणका लागि राखिएको छ ।”

खैरी चेक पोष्टमा रहेको उक्त क्षेत्रको सुरक्षा नेपाली सेनाको अर्जुनवाण गणअन्तर्गतको शिवखोला गुल्मको टोलीले गरिरहेको गणपति अशोक खड्काले जानकारी दिनुभयो । रासस