५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले संसदीय सुनुवाइ विशेष समितिको सभापति राप्रपालाई दिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एउटा संसदीय समितिको सभापति पाउने भएको छ ।

सत्ता गठबन्धनले राप्रपालाई एउटा संसदीय सुनुवाइ समितिको सभापति दिने सहमति गरेको सांसद बुद्धिमान तामाङले जनाए । ‘हामीलाई संसदीय सुनुवाइ विशेष समिति दिने भन्ने कुरा आएको छ । त्यो पाएको खण्डमा पशुपति शमशेर राणाज्यूले नेतृत्व गर्नुहुन्छ’, उनले भने ।

यसअघि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेबीच भागबण्डा हुँदा उक्त समिति कांग्रेसको भागमा परेको थियो । भागबन्डामा नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीले एक सिट पाउने भनिएको थियो । अब कांग्रेसले एउटा छोड्ने भएपछि कांग्रेस तीन र राप्रपाले एक सिट पाउने भएको छ ।