२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन, अनुसन्धानका लागि तान्नु: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियानले ललिता निवास , भुटानी शरणार्थी  र सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको छ ।

अभियानले आज बिहान प्रधानमन्त्री दाहालाई वालुवाटारमा भेट गरी बिभिन्न प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

भेटमा सहभागी काग्रेस नेता जगदिश्वर नरसिंह केसीका अनुसार बिभिन्न प्रकरणको अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने, अनुसन्धानमा आग्रह पूर्वाग्रह राख्न नहुने र बिभिन्न प्रकरणमा नाम जोडिएका माओवादी नेता र संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको जानकारी दिनुभयो ।

भेटबारे नेता केसीले न्यूजपोलारसंग भन्नुभयो ‘पछिल्ला केही दिन यता सामाजिक सद्भाब भड्काउने काम भै रहेको र त्यसलाई बेलैमा सम्बोधन गर्नु दलहरुले सामुहिक आव्हान गर्न सुझाब दिएको पनि केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो प्रधानमन्त्रीज्यू कास्टिङ मात्र देखियो पुरा फिल्म कहिले देख्न पाईन्छ कि बिचैमा तुहिन्छ भनेर समेत सम्झाएका छौ ।’

प्रधानमन्त्रीको भनाई उद्दृत गर्दे नेता केसीले भन्नुभयो ‘मेरै दलभित्र पनि जजसको नाम आएको छ । उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,।’

प्रधानमन्त्री दाहालले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने आश्वासन दिनुभयो ।

भेटमा कांग्रेसका नेताहरू मधु आचार्य, जगदिशनरसिंह केसी, भुपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बास्ताकोटी लगायत सहभागी हुनुहुन्थो ।




भर्खरै