५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमाथि क्लिनस्वीप गर्दै पाकिस्तान ओडिआई वरियतामा शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । पाकिस्तानले तेस्रो ओडिआइ खेलमा अफगाानिस्तानलाई सिरिज क्लिनस्वीप गरेको छ ।

शनिबार भएको खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले क्लिनस्वीप गरेको हो । यससँगै आइसिसीको ओडिआई वरियतामा पाकिस्तान शीर्षस्थानमा उक्लिएको छ । ओडिआई वरियतामा अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन् ।

जितको लागि पाकिस्तानले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४८.४ ओभरमा २ सय ९ रनमा अल आउट भयो । अफगानिस्तानका लागि स्पिनर मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए ।

ओपनर रियाज हसनले ३४ रन बनाउँदा रहमानउल्लाह गुरवाज ५ रनमा आउट भए । यस्तै, साहिदुल्लाह कमलले ३७ रन बनाउँदा अफगानिस्तानका अन्य कुनै ब्याटरले राम्रो खेल्न सकेनन् ।

पाकिस्तानका शादब खानले सर्वाधिक ३ विकेट लिदा शाहिन शाह अफ्रिदी, फहीम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले सर्वाधिक ६७ रनको योगदान दिएका थिए । तेस्रो विकेटका लागि कप्तान बाबर र रिजवानले १ सय १० रनको शतकीय साभेदारी गरेका थिए । बाबरले ६० रन बनाएका थिए ।

ओपनर फखार जमान २७, इमाम उल हक १३, मोहम्मद नवाज ३०, साउद सकिल ९ र अघा सलमान ३८ रनमा नट आउट रहे ।

अफगानिस्तानका फरिद अहमद र गुलबदीन नाइबले समान दुई विकेट लिए भने राशिद खान, मुजिब उर रहमान र फजलहक फारुकीले समान एक विकेट लिएका थिए ।

सिरीजको पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।