२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमाथि क्लिनस्वीप गर्दै पाकिस्तान ओडिआई वरियतामा शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । पाकिस्तानले तेस्रो ओडिआइ खेलमा अफगाानिस्तानलाई सिरिज क्लिनस्वीप गरेको छ ।

शनिबार भएको खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले क्लिनस्वीप गरेको हो । यससँगै आइसिसीको ओडिआई वरियतामा पाकिस्तान शीर्षस्थानमा उक्लिएको छ । ओडिआई वरियतामा अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इंग्ल्यान्ड पाँचौं स्थानमा छन् ।

जितको लागि पाकिस्तानले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४८.४ ओभरमा २ सय ९ रनमा अल आउट भयो । अफगानिस्तानका लागि स्पिनर मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए ।

ओपनर रियाज हसनले ३४ रन बनाउँदा रहमानउल्लाह गुरवाज ५ रनमा आउट भए । यस्तै, साहिदुल्लाह कमलले ३७ रन बनाउँदा अफगानिस्तानका अन्य कुनै ब्याटरले राम्रो खेल्न सकेनन् ।

पाकिस्तानका शादब खानले सर्वाधिक ३ विकेट लिदा शाहिन शाह अफ्रिदी, फहीम अशरफ र मोहम्मद नवाजले समान दुई विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।

पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले सर्वाधिक ६७ रनको योगदान दिएका थिए । तेस्रो विकेटका लागि कप्तान बाबर र रिजवानले १ सय १० रनको शतकीय साभेदारी गरेका थिए । बाबरले ६० रन बनाएका थिए ।

ओपनर फखार जमान २७, इमाम उल हक १३, मोहम्मद नवाज ३०, साउद सकिल ९ र अघा सलमान ३८ रनमा नट आउट रहे ।

अफगानिस्तानका फरिद अहमद र गुलबदीन नाइबले समान दुई विकेट लिए भने राशिद खान, मुजिब उर रहमान र फजलहक फारुकीले समान एक विकेट लिएका थिए ।

सिरीजको पहिलो खेलमा पाकिस्तान १ सय ४२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो ।