४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमसीसी परियोजना लागू हुन दिन्नौंः सिपी गजुरेल

एमसीसी परियोजना लागू हुन दिन्नौंः सिपी गजुरेल
अ+ अ-

काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ ।

नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि आफूहरुले त्यसलाई लागू हुन नदिने चेतावनी दिनुभएको हो । शनिबार काठमाडौंमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गर्नु भयो ।

नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गर्नुभयो । उहाँले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताउनु भयो ।

नेता गजुरेलले भन्नुभयो, ‘अब यो लागूृ गर्ने चरणमा गएको छ । र, अहिले हामीले जे गर्न खाजेको छौं । त्यो के हो भने अब सम्झौता खारेज गर्न त सक्कियो । हामीले प्रयास ग¥यौ, सकेनौं । सम्झौता त संसदबाट पास गरे । तर अहिले आएर उनीहरुले गर्न खोजेको के हो भने अव लागू गर्ने चरणमा छन उनीहरु । उनीहरुको वक्तव्यबाट के थाहा भएको छ भने यो आगामी १४ गते ठाउँ ठाउँमा उनीहरुले लागू गर्दैछन । उनीहरुले सेन्टरहरु लागू गर्ने भनेर ठाउँठाउँमा योजना बनाएका छन् । र, यो परियोजनालाई लागू गर्ने उनीहरुले डेट फिक्स गरेका छन् । र, हामीले त्यसैलाई लक्षित गरेको हो । आज यो कार्यक्रम त्यसैका लागि हो ।

किनभने पार्लियामेन्टबाट पास गरेको कुरालाई अब हामीले पास गरेको होइन भन्ने त होइन ? जसरी भएपनि पनि पास त भयो । तर त्यतिमात्रै अन्तिम होइन । अब यो पास भइसक्यो, उल्टिँदैन भन्ने कुरा सत्य होइन । कुरा के हो भने उनीहरुले त्यहाँ पारित गरेपनि अब यहाँको सरकारले चाहीँ लागू गर्न पाउँदिन भन्ने अधिकार सरकारलाई छ ।

लागू नगर्ने अधिकार नेपाली जनतालाई छ । त्यसकारण हामीले त्यो अधिकारलाई प्रयोग गर्दै अहिले हामीले गर्न खोजेको के हो भने त्यो संसदबाट जनतालाई धोका लिएर गरिएको सम्झौता कार्यान्वयन हुन दिँदैनौं । त्यसलाई हामीले अस्विकार गर्छौं । र, त्यसलाई खारेज गर्नुपर्छ भन्ने अधिकार नेपाली जनतालाई छ ।’

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गर्नुभयो ।