२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनियन हाइड्रोपावरको नाफा तेस्रो त्रैमासमा १५ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडको नाफा  तेस्रो त्रैमासमा १५ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ७७ लाख ८८ हजार नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ८९ लाख ६७ हजार पुगेको हो। 

कम्पनीको चुक्तापूँजी रू. ७५ करोड रहेको छ भने जगेडा कोष रू. ७ करोड ४२ लाख ७८ हजार ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २.३९, मूल्य आम्दानी अनुपात ५४.८१,तरलता अनुपात ९.१६ र प्रतिशेयर नेटवर्थ रू. ९०.१० रहेको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।   कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ५ करोड ३९ लाख विद्युत् विक्री आम्दानी गरेकोमा चालूआवको सोही अवधिमा वृद्धि भएर रू. ५ करोड ४५ लाख पुगेको हो ।