२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित भागबण्डा



अ+ अ-

काठमाडौँ । प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन् । काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेका थिए । बाँकी दुई जिल्ला चितवन र नुवाकोट भने सो कार्यक्रममा उपस्थित थिएनन् । उक्त पत्रकार सम्मेलनमा प्रदेश संघको उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर जिल्ला र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति बनेको जानकारी दिइएको छ ।

पारस काठमाडौं जिल्लाबाट प्रदेशका प्रतिनिधि हुन् । वागमती प्रदेशिक क्रिकेट संघको निर्वाचन भदौ १५ गते हुँदैछ । उक्त निर्वाचनमा यही प्यानल बलियो देखिएको छ । किनभने वागमति प्रदेश क्रिकेट संघको वर्तमान कार्यसमितिमा रहेका १३ सदस्यमध्ये सात सदस्यले यही प्यानललाई साथ दिने दाबी गरिएको छ । यो दाबीअनुरूप भएमा पारसको नेतृत्वले चार जिल्लाबाट १६ र प्रदेशबाट सात गरी मत कुल २३ मत पाउनेछन् । यो आँकडा पारस नेतृत्वलाई विजयी प्राप्त गर्न पर्याप्त हुनेछ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पनि पारसको नेतृत्वको समितिलाई स्पष्ट बहुमतका साथ जिताउने दाबी गरिएको छ । प्रदेशको नेतृत्व गर्दै पारस आगामी असोजमा हुने केन्द्रिय सचिवको दाबेदारमा जाने बुझिएको छ ।