२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम पृतनापति प्रतियोगिता: बक्सिङमा देवीदल गण पहिलो



अ+ अ-

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्‍यो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए ।

द्वितीय भएको गोरखबक्स गणले पाँच स्वर्ण, चार रजत तथा तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक कास्य हात पारेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ ।

देवीदल गणका लागि सिपाही दीपेन्द्रबहादुर जोशी, कुमार श्रेष्ठ, प्युठ सुधा कसेरा, सिपाही रमिता महता, धना बडाल, पावर्ती थापा र पूजा खड्काले स्वण पदक दिलाए भने दोस्रो स्थान ओगटेको गोरखबक्सका लागि सिपाही नेत्रबहादुर मास्के मगर, प्युठ अशोक शाही, सिपाही प्रकाश श्रेष्ठ, प्युठ वसन्त बिसी र विश्वास श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यसैगरी तृतीय भएको भैरवप्रसाद गणका लागि प्युठ विजय महर्जन र सिपाही सविता चौधरीले स्वर्ण पदक प्राप्त गरेका छन् । वीरभद्रजङ्ग गुल्मका लागि हिमाल खड्काले स्वर्ण पदक दिलाए ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो । ट्रफीअन्तर्गत श्री नं ५ र २५ बाहिनीअन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबललगायत खेल सञ्चालन भएका थिए ।

नेपाली सेनाले खेलाडीमा सामूहिकताको भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फ्रेन्डसिप कुरालाई मनन गर्दै ट्रफी आयोजना गर्दै आएको छ । सुदूरपश्चिमबाट पृतनास्तरीय प्रतियोगिताबाट छनोट भएका विभिन्न खेलका खेलाडी प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिने नेपाली सेनाले जनाएको छ । रासस