२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम पृतनापति प्रतियोगिता: बक्सिङमा देवीदल गण पहिलो



अ+ अ-

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्‍यो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा बक्सिङतर्फ गोरखबक्स गण अछाम द्वितीय र भैरवप्रसाद गण डोटी तृतीय भए ।

द्वितीय भएको गोरखबक्स गणले पाँच स्वर्ण, चार रजत तथा तृतीय हुने भैरवप्रसाद गणले दुई स्वर्ण र एक कास्य हात पारेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ ।

देवीदल गणका लागि सिपाही दीपेन्द्रबहादुर जोशी, कुमार श्रेष्ठ, प्युठ सुधा कसेरा, सिपाही रमिता महता, धना बडाल, पावर्ती थापा र पूजा खड्काले स्वण पदक दिलाए भने दोस्रो स्थान ओगटेको गोरखबक्सका लागि सिपाही नेत्रबहादुर मास्के मगर, प्युठ अशोक शाही, सिपाही प्रकाश श्रेष्ठ, प्युठ वसन्त बिसी र विश्वास श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यसैगरी तृतीय भएको भैरवप्रसाद गणका लागि प्युठ विजय महर्जन र सिपाही सविता चौधरीले स्वर्ण पदक प्राप्त गरेका छन् । वीरभद्रजङ्ग गुल्मका लागि हिमाल खड्काले स्वर्ण पदक दिलाए ।

प्रतियोगिताका पदक विजेता खेलाडीलाई सुदूरपश्चिम पृतनाका चिफ आफ स्टाफ सहायकरथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापालगायतले ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो । ट्रफीअन्तर्गत श्री नं ५ र २५ बाहिनीअन्तर्गत विभिन्न गण तथा गुल्मको संयोजनमा भलिबल, फुटबल, पौडी, बक्सिङ, बास्केटबललगायत खेल सञ्चालन भएका थिए ।

नेपाली सेनाले खेलाडीमा सामूहिकताको भावना ल्याउनुको साथै स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फ्रेन्डसिप कुरालाई मनन गर्दै ट्रफी आयोजना गर्दै आएको छ । सुदूरपश्चिमबाट पृतनास्तरीय प्रतियोगिताबाट छनोट भएका विभिन्न खेलका खेलाडी प्रधानसेनापति ट्रफी प्रतियोगितामा भाग लिने नेपाली सेनाले जनाएको छ । रासस