४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियासँग ६ विकेटले हारे पनि नेपाल फाइनलमा



अ+ अ-

काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।

शुक्रबार मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । यद्यपि, नेपाल हारका बाबजुद नेटरनरेटमा शीर्षस्थानमा रहँदै फाइनलमा पुग्यो । अर्कोतर्फ मलेसिया भने जितका बाबजुद पनि बाहिरिनु परेको छ ।

जितकन लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मलेसियाको जितमा एना हामिजाह हाशिम ३९ बलमा ३ चौकासहित ३७ रनमा अविजित रहिन् ।

यस्तै, महिराह इजाती इस्माइलले २४ बलमा १ चौकासहित २१ रन बनाइन् । नेपालकी पुजा महतो, रुविना क्षेत्री र सीता रानामगरले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रन जोडे । अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन् ।

नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो । मलेसियाको ३ खेलमा ४ अंक भएपनि नेटरनरेटका कारण फाइनलमा स्थान बनाउन सकेन । फाइनल खेल शनिबार हुनेछ ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले यो सिरिज खेलिरहेको छ ।