२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिचानवादीद्धारा युवा संघका अध्यक्ष थेबेमाथि आक्रमणको प्रयास



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेमाथि आक्रमणको प्रयास भएको छ ।

उनीमाथि पहिचानवादी आन्दोलनकारीले आक्रमणको प्रयास गरेका हुन् ।

थेबेमाथि युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा ढुंगामुढा भएको युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।

जसपा नेता आङकाजी शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै सरकारले अराजकहरुलाई नियन्त्रण नगरे प्रतिरोधमा उत्रिने बस्नेतले चेतावनी दिएका छन् ।

कोशी प्रदेशको नामाकरणको विरोधमा रहेका पहिचानवादीहरु पछिल्लो समय नेकपा एमालेका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयासमा उत्रिएका छन् ।