२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्छ: ओली



फाईल फोटो
अ+ अ-

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

मोरङको विराटनगरमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उहाँले आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्ने बताउनुभयो । उहाँका अनुसार त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ ।

अध्यक्ष ओलीले प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सधैँको मान्यता त्यही हो ।”

गिरिबन्धु टि स्टेट जग्गा प्रकरणबारे सोधिएको अर्को जिज्ञासामा ओलीले त्यसलाई ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी गर्नुभयो ।




भर्खरै