४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाको कारण रोकियो नेपाल र मलेसियाको खेल



अ+ अ-

एजेन्सी । महिला टि–२० आई सिरिजमा नेपाल र मलेसियाबीचको खेल वर्षाको कारण रोकिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४.४ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएको छ ।

नेपालकी ओपनर काजल श्रेष्ठ १५ रनमा नटआउट छिन् । उनीसँगै क्रिजमा इन्दु बर्मा रहेकी छन् । बर्माले ७ रन बनाएकी छिन् ।

ओपनर पुजा महतो भने एक रनमा नै एलबीडब्लू आउट भएकी थिईन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो । नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा नेपाल अपराजित रहँदै फाइनल खेल्नेछ ।

हङकङ पनि ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । आज नेपाल पराजित भएमा तीन टोलीको समान ४ अंक हुनेछ र नेटरनरेटको आधारमा माथि रहेको टोलीले फाईनलको यात्रा तय गर्नेछ ।