४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छ’

‘प्याज तथा गोलभेडामा उपभोक्ताले खपत कम गर्नुपर्छ’
अ+ अ-

काठमाडौन् । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरुले संयमताका साथ खपत कम गर्नुपर्ने बताउनुभएको छ ।

महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरुले राष्ट्रिय हीतका लागि भएपनि प्याज खपत कम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरुले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले आम नेपाली उपभोक्ताले राष्ट्रिय हीतको लागि भएपनि सोच्नुपर्ने बेला आएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विश्व वजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरु आयात गर्ने देशले प्याज लगायातका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको बताउनु भयो ।

आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल

उहाँले सरकारले पनि प्याज तथा गोलभेडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरु आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले विश्व बजारबाट आयात हुने वस्तु प्रतिवन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताउनु भयो । उहाँले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरुको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ हामी कहाँ नभएको चिजहरु, जसरी अहिले विश्व आर्थिक आक्रान्त अवस्थामा छ । यो अवस्थामा बढिरहेको अत्यधिक मूल्य वृद्धिलाई सन्तुलनमै मिलाउनका लागि भएपनि दैनिक नभई नहुने दाल भात, तरकारी बाहेकका कुरालाई सकेसम्म कटौति गरेर यो राष्ट्रिय हीतका लागि पनि सम्भावना बोकेको हुनाले गर्न सकिने कुरा रह्यो । आह्वान गर्न सकिन्छ । कत्तिको सहज रुपमा लिनुहुन्छ, उपभोक्तामा भर पर्ने कुरा हो ।’

‘विश्व बजारमा अभाव भइरहेको बेला, चरम आर्थिक मन्दी भइरहेको बेलामा धेरै जसो ९० प्रतिशत इम्पोर्ट गर्ने वस्तुलाई खपत कम गरौं, उपभोग कम गरौं भन्न सकिन्छ । प्याज खपतलाई कम गर्न आम उपभोक्ताले पनि संयमता अपनाएर अलिकति कम खपत गरिदिनुभयो भने देशको लागि र आन्तरिक उत्पादनलाई जोड दिनुपर्छ । विश्व अर्थतन्त्रमा परेको असरले भनेर आयातलाई रोकिसकेपछि त हामी कहाँ उत्पादन गर्ने प्रविधि के त भनेर राज्यले ल्याउनुपर्ने हो । अहिलेसम्म राज्यले पोलिसीहरु ल्याएको त देखिँदैन ।’

उहाँले विश्व बजारमा नै प्याजको मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउने उपाय नभएको बताउनु भयो । उहाँले प्याज आयातमा असहजता रहेकाले पनि प्याजको मूल्य वृद्धि उच्च रुपमा भएको बताउनु भयो। उहाँले कालोबजारी बढ्ने खतरा भएपनि अहिले व्यवसायीहरुले गोदाममा समेत प्याज नभएको बताउने गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ विश्व वजारमा नै प्याजको मूल्य बढेको छ । यसको खपतलाई अलिकति न्युन गरेर खपत घटाउने विषयमा छलफल गर्नुपर्छ । भारतको उत्पादन क्षेत्रबाटै बढेकोले अरु घटाउने उपाय त छैन । प्याजको मूल्य अस्वभाविक रुपमा बढ्यो भन्नुको अर्थ के हो भने भारतले पनि जुन समयसम्म सामान्य रुपमा निर्यात गथ्र्यो । एक्स्पोर्ट गर्ने उसलाई बन्द गर्न ४० प्रतिशत थप ड्युटि चार्ज लगाएको छ । त्यसले गर्दाखेरी सहज रुपमा आउन सकेको अवस्था छैन । त्यसकारणले नै हो जस्तो लाग्छ । त्यसले आपूर्तिलाई अलिकति असहज गरेको छ । त्यस्तो भएपछि बजार असहज भएको हो ।’

 

‘कालोबजारीको कुरा त हामीले भन्नसक्ने अवस्था रहेन । केही व्यवसायीहरुले अतुलनीय रुपमा सोचेको भन्दा बढी खाएका होलान् । घरमा लुकाएर, गोदाममा माल छैन भनेको देखिँदैन । अर्थमन्त्री कहाँ हामी डेलीगेसन जाँदाखेरी,रोष्टमबाट बोलेको कुरा सुन्दाखेरी आन्तरीक उत्पादनलाई जोड दिन जुन हामी आयात गर्छौं । त्यसमा थप १३ प्रतिशत भ्याट लाग्नेछ भनेर भ्याट लगाइएको थियो । अस्वभाविक मूल्यहरु बढ्दाखेरी अथवा यतिसम्मको मूल्य भयो भने मात्रै आयात गर्न पाउने भन्ने एउटा बनाउने की । त्यो त अब राज्यले लिने नीतिमा भर पर्ने कुरा हो । व्यवसायीले त आफ्नो व्यवसायिक हिसावले सोचिरहेको हुन्छ ।’

उहाँले बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि उच्च हुँदा मुलुकमा आयात नगर्ने नीति राज्य बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले उहाँले व्यवसायिक सहजताको लागि राज्यको नीतिगत व्यवस्था राम्रो हुन आवश्यक रहेको बताउनु भयो ।