४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

केरामा पानामा रोगको सङ्क्रमण

केरामा पानामा रोगको सङ्क्रमण
file
अ+ अ-

कैलाली । कैलालीको टीकापुर क्षेत्रभित्र केराखेतीमा पानामा रोग देखा पर्न थालेपछि केरा किसान चिन्तित बनेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान टोलीले केराबारीबाट लिएको नमुनाको ल्याब परीक्षणका क्रममा केराखेतीमा पानामा रोगको सङ्क्रमण पुष्टि भएपछि किसान चिन्तित बनेका हुन् ।

टीकापुरमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने सम्बन्धमा छलफल गर्न गत साउन १० गते टीकापुर आएको नार्कको टोलीले नौ वटा केराबारीको अवलोकन गरेको थियो । राष्ट्रियबाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्कासहित सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्याय र आशिष घिमिरले करिब आठ हजार केराका बोटको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा ‘पानामा विल्ट’सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण(कल्चर)गर्दा ‘फ्युजारिय अक्सिस्पोरियम क्युवेन्सि’नामका बीजाणु भेटिएको रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा रामबहादुर खड्काले जानकारी दिनुभयो । “प्राइमर राखी पिसिआर गर्दा पोजेटिभ देखिएपछि पिसिआर प्रोडक्टलाई हङकङस्थित बेइजिङ जिनोमिक इन्स्टिच्युटमा परीक्षण गर्दा यसमा ‘ट्रोपिकल रेस टिआर चार’ भएको पुष्टि भएको थियो”, उहाँले भन्नुभयो ।

अहिले ग्रिन हाउसमा तीन भिन्नभिन्न जातका केराका बोटलाई कृत्रिम रूपमा राखेर यसको लक्षण तथा विकासक्रमलाई अध्ययन गरिरहेको डा खड्काले बताउनुभयो । “हामीले अहिले पनि अध्ययन गरिरहेका छौँ । त्यसको अनुसन्धानका लागि तीन सदस्यीय समिति पनि बनिसकेको छ” उहाँले भन्नुभयो, “त्यो बेला केही बारीको मात्रै नमुना ल्याएका थियौँ, अब सबै बारीको नमुनाको परीक्षण गरेपछि त्यसको नतिजा अनुसार अगाडि बढ्नुपर्छ ।”

केरा व्यवसायी महासङ्घ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातीको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताउनुभयो । उहाँले लाखौँ लगानी गरेर गरिएको खेतीमा सङ्क्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका उहाँको भनाइ थियो ।

“रोग पुष्टि भएपछि हामीले सबै किसानलाई सँगै राखेर सम्बन्धित निकायसँग छलफल चलाएका छौँ”, धामीले भन्नुभयो, “छलफलबाट कस्तो निर्णय आउँछ, त्यसैअनुसार अगाडि बढ्छौँ ।” उहाँका अनुसार कैलालीमा करिब सात सय हेक्टरमा केराखेती हुँदै आएको छ । त्यसमध्ये टीकापुर क्षेत्रमा मात्रै पाँच सयभन्दा बढी हेक्टरमा केराखेती हुँदै आएको छ । यहाँ तीन सय भन्दा बढी किसान व्यावसायिक केरा खेतीमा आबद्ध छन् ।

केरा व्यवसायी खेमप्रसाद ढुङ्गानाले केरामा देखिएको रोगका कारण किसानलाई चिन्तित बनाएको बताउनुभयो । केरामा राम्रो आम्दानी देखेर लाखौँ खर्च गरेर भरखरै व्यवसाय सुरु गरेका किसान बढी चिन्तित देखिएको उहाँको भनाइ थियो । उहाँका अनुसार किसानले एक बिघादेखि एक सय बिघासम्म केरा खेती गर्दै आउनुभएको छ ।

“बारीमा पानामा रोगको सङ्क्रमण देखिएको विज्ञशरुले बताएका छन्”, ढुङ्गानाले भन्नुभयो, “यदी सङ्क्रमण सबै ठाउँ फैलियो र राज्यबाट उचित राहत प्याकेज नआउने हो भने कोही पनि किसान उठ्नसक्ने स्थितिको रहने छैन ।”

टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाहले केही किसानले केरामा समस्या देखिन थालेको भन्ने बताएपछि नार्कको टोली यहाँ आएको समयमा केराखेतीको अवलोकनका साथै नमुना परीक्षण गराइएको बताउनुभयो । “केरामा रोग लागेको शङ्कामा नमुना लिइएको हो”, उहाँले भन्नुभयो, “हाम्रा लागि निकै ठूलो चिन्ताको विषय बनेको छ । किसानलाई सचेत हुन आग्रह गरेका छौँ । मातहतका क्षेत्रलाई अनुसन्धानका लागि निर्देशन दिने काम पनि गरिसकेका छौँ ।”

रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख कलशराम चौधरीले केरामा देखिएको पानामा रोगको सङ्क्रमणले किसान केरा खेतीबाट विस्थापित हुने अवस्था आएको बताउनुभयो । उहाँले आयोजनाले केरा खेतीका लागि सिँचाइको क्षेत्रमा ठूलो लगानी गरेको जनाउँदै रोगको न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल चलाइएको बताउनुभयो ।

“नमुना परीक्षणले रोग पुष्टि भइसकेको छ । अब यसलाई अन्य ठाउँमा फैलिन नदिनका लागि किसानलाई सचेत गराउने काम सुरु गरेका छौँ”, प्रमुख चौधरीले भन्नुभयो, “सम्बन्धित निकायसाग रोग नियन्त्रणका लागि पहल गरिदिन छलफल चलाएका छौँ । छलफलबाट आएको निष्कर्ष अनुसार अगाडि बढ्नेछौँ ।” उहाँका अनुसार आयोजनाले वार्षिक करोडौँ रकम केराखेती विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।

के हो पानामा रोग

पानामा रोग केरा खेतीमा लाग्ने एक प्रकारको सङ्क्रामक रोग हो । यो रोग पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुन्छ । त्यसपछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिन्छन् । थाम ठाडो चिरेरभित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ । जराहरू कालो हुन्छन् र सड्छन्, जसले गर्दा पानामा ओइलाउने रोग लगाउने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्दछ ।

सङ्क्रमण देखिएको बारीबाट अर्को बारीमा जाँदा जुत्ता, चप्पलमा लागेर गएको माटोले अर्को बारीमा पनि सङ्क्रमण फैलिने खतरा हुने विज्ञहरु बताउँछन् । सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको आँैजार, सवारीसाधनको चक्का, मानिसको चपपल वा खुट्टाबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने परिषद्का कृषि वैज्ञानिक खड्काले बताउनुभयो ।

रोगको सङ्क्रमणबाट बच्नको लागि बारीमा जाँदा हात र खुट्टामा प्लास्टिकको प्रयोग गर्ने, औजारको प्रयोग गर्दा सेनिटाइजरले निर्मुलिकरण गर्ने, सकेसम्म एउटा बारीमा गएको सवारीसाधनलाई अर्को बारीमा जानबाट रोक लगाउनेलगायत उपाय अपनाउन सकिने उहाँको भनाइ थियो ।

बर्खाको समयमा रोगको सङ्क्रमण देखिएकाले जोखिम बढी हुने खड्काले बताउनुभयो । “यो रोग पानीबाट पनि सर्छ । केरा व्यापारी एक बारीबाट अर्को बारी आवतजावत गर्दा हिलोका कारण सङ्मणण थप फैलिन सक्छ”, उहाँले भन्नुभयो ।

केरामा पानामा रोगको पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरीलगायतको टोलीले पनि केही शङ्कास्पद केराबारीको अवलोकन गर्नुभएको थियो । रासस