२० श्रावण २०८३, बुधबार
,
Latest
फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारुकको अन्तिम म्युजिक भिडियो ‘माया’ सार्वजनिक (भिडियो)



अ+ अ-

काठमाडौं । दिवंगत अभिनेता सारुक ताम्राकारलाई श्रद्धाञ्जली अर्पण गर्दै उनको अन्तिम म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् सारुककोे अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई सम्पादन गरेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा सारुककी आमा रुकमणी ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेत्री मेलिना जोशी, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा, आदी लगायतका उपस्थित रहेको थियो ।

रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले चलचित्र पूरा गर्न नसकेपनि सारुकको कामलाई समेटेर म्युजिक भिडियो सार्वजनिक गरिएको जानकारी दिए । ‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो ’,  गुरुङले भने ।

भिडियोमा सारुकसँगै निकिता आचार्य, महेश मगर, सागर परियारलाई पनि समेटिएको छ ।

सारुककी आमा रुकमणिले आफ्नो छोराले कामलाई म्युजिक भिडियोको माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । यस्तै, कलाकार संघका अध्यक्ष मोहन निरौलाले सारुकले न्याय पाउनुपर्ने र यसबारे सत्य तथ्य बाहिर ल्याइदिन प्रहरीलाई अनुरोध गरे ।

सारुकले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।