४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सामाजिक सञ्जालबाट हुने हिंसा सहन बढी शक्ति चाहिन्छ: करिश्मा मानन्धर

सामाजिक सञ्जालबाट हुने हिंसा सहन बढी शक्ति चाहिन्छ: करिश्मा मानन्धर
अ+ अ-

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले दैनिक जीवन काम भन्दा पनि सामाजिक सञ्जालको प्रहारलाई सम्हाल्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीवार मिडिया एड्भोकेसी गु्रपले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा सामाजिक सञ्जालबाट आफूले भोगेको अनुभव सुनाउँदै यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आफू बिरुद्ध हुने प्रहार सहजिकरण गर्ने दैनिक काममा भन्दा बढी इनर्जि खर्च गर्नु परिरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालको प्रयोगमा संवेदनशिलता अपनाउँदा पनि अरुले आफूमाथि प्रहार गर्ने गरेको बताउनु भयो । उहाँले आफू भन्दा पनि अरुको कारणले आफलाई धेरै पटक मिडियाहरुले नराम्रो बनाइदिने काम गरेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा वाक स्वतन्त्रता प्रयोग गर्न सबैले पाउने तर अरुको बारेमा स्टोरी बनाएर जीवनी भन्न नपाउने बताउनु भयो।

उहाँले एक जना पुरुष चरित्र र कामको बारेमा मात्रै आलोचित हुने गरे पनि महिला धेरै विषयमा पीडित रहेको बताउनु भयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जाल अनसिन प्लेटफर्म ठानेर सबै तीतो पोख्ने गरिएको बताउनु भयो। उहाँले हामीले यसलाई कानूनी मात्रै नभएर रोगी समाज निर्माण गरिरहेको बताउनु भयो। उहाँले साइबर क्राइम नियन्त्रण गर्न कानून मात्रै पर्याप्त नभएको बताउनु भयो।

उहाँले सामाजिक सञ्चाल दुरुपयोग गर्नेहरुलाई साइबर सम्बन्धि अभिमुखिकरण गर्नुपर्ने बताउनु भयो । सार्वजनिक स्थानमा दुई तीन वटा मिडिया ल्याएर मानिसहरुलाई ह्यारेसमेन्ट हुने गरेको बताउनु भयो। उहाँले जथाभावि लेख्ने र सामाजिक सञ्जालमा दुरुपयोग गर्ने पत्रकारलाई पनि सरकारले नियमन गर्नु पर्ने बताउनु भयो । पत्रकारले समाजलाई संस्कार सिकाउनुपर्ने भन्दै अरुलाई बाटो देखाउनु पर्ने बताउनु भयो ।