४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छः एमाले सांसद बास्कोटा

सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना हामीसँग छः एमाले सांसद बास्कोटा
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गर्नुभएको छ ।

एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल सुन बाहिर पठाएको उहाँको जिकिर थियो । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सो एक क्वीन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले समातियो ? भन्नेकुरा उच्चस्तरीय जाँचबुझ आयोगले बाहिर ल्याउने भन्दै आफूहरु त्यसको प्रतिक्षामा रहने समेत बताउनु भयो । उहाँले सत्तापक्षलाई सत्यको पक्षमा उभिन तर स्टन्टबाजी नगर्न पनि चेतावनी दिनुभयो । पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जेल पठाउनेसम्मको अभिव्यक्ति सत्तापक्षबाट आएको उल्लेख गर्दै सांसद बास्कोटाले त्यस्ता खालको लल्कार्ने र तर्साउने काम नगर्न सचेत गराउनु भयो । उहाँले जनताको विश्वासको जगमा उभिएका ओलीमाथि अपमान गरिए सैह्य नहुने बताउनु भयो ।

सांसद बास्कोटाले भन्नुभयो, ‘यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिव २३ क्वीन्टल सुन रातारात बाहिर पठाइयो । र, एक क्वीन्टर सुन समातियो । ६० केजी भयो क्यारे जोख्दा । यो फगत नौटंकी थियो वा खासकारणले समातियो ? यसको पनि पर्दा खुल्दै जाला । अब हामी एउटा आयोग बनाउने कुरा गरिसकेपछि त्यसको प्रतिक्षमा छौं । र, त्यसका तथ्यहरुलाई हामी स्वीकार गर्दछौं । हिजोसम्म पनि र अहिले पनि केही सत्तारुढ दलका साथीहरुले प्रश्न उठाउनु भयो । लोकतन्त्रमा प्रतिपक्षको आवाज दमन गर्न खोजेपछि भकुण्डोजस्तो उफ्रनुपर्ने स्थिति बन्यो ।

आज ठिक ठाउँमा आइपुगेको छ । सबैलाई बधाई भन्छु, धन्यवाद भन्छु । यहाँ त आउनुपर्दो रहेछ । म एउटा चुनौति पनि दिन चाहन्छु । सत्तापक्षले रुखको टुप्पोको पातमा बसेर, हाँगामा बसेर पात हल्लाउने कुरा नगर्नुस् । तपाईहरुलाई सुझाव छ–स्टन्टबाजी होइन, गहिरो जरासम्म पुग्ने तागत राख्नुस् । आँट गर्नुस् । जे सत्य हो, त्यो कुरा बाहिर आउँछ । एक हजार कुतर्कको काम छैन । एउटा तथ्यले सम्पूर्ण कुराको छिनोफोनो गर्दछ । यो आजको समाज हो । र यसमा स्टन्टबाजीको काम छैन । फलानो नेता, फलानो दिन, विपक्ष दलका नेता जेल जान्छ । के हेरेर बस्नुभएको छ ः लैजानुस समातेर । पाता फर्काएर लैजानु न ।

हामीले रोकेको छ ? हामीले त्यही मागेको हो । कि जे चिज साँचो हो । त्यही कुरा ल्याउनुस् । लल्कार्ने, तर्साउने यो त गजब भयो । यत्रो जलहरीदेखि ३३ किलोको हल्ला किन रहेछ ? किन उठाइराखेको रहेछ भन्दाखेरी देखियो । यसो हेरेको पूर्व देखाएर पश्चिम हान्ने एउटा तरिका छ नि । अर्काको ढाडमा टेकेर त्यसैको टाउकोमा हान्ने रहेछ नि । कुरा ठूला के देखिन्छ भने कहिले कोसित टाँसिएर, कहिले को सित साटिएर ओभर नाईट सत्ता परिवर्तन गर्नेले जनताको विश्वासको जगमा उभिएको पार्टीका नेतालाई अपमान गर्ने दुःशाहस चाहीँ नहोस् । म चुनौति र चेनावनी दुई वटै दिन चाहन्छु ।’

सांसद बास्कोटाले सरकारले सत्यको पक्षमा उभिन तागत राख्नुपर्ने बताउनु भयो ।