२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृक्षरोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध हर्क साम्पाङले दिए प्रहरीमा उजुरी



अ+ अ-

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ ।

वृक्षरोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै उहाँले प्रहरीसमक्ष उजुरी हाल्नुभएको हो ।

नगरप्रमुख साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले जानकारी दिनुभयो । उहाँले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

साम्पाङ अदालतले वृक्षारोपण नगर्न आदेश दिएको सर्दु जलाधार क्षेत्रमा दलबलसहित वृक्षरोपण गर्न जानुभएको थियो । उक्त जग्गा व्यक्तिगत हो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो ।

उनले अदालतको पत्रसमेत देखाएपछि साम्पाङले ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किनुभएको थियो । भिडिओ भाइरल भएसँगै नगर प्रमुख साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनीयुक्त स्टाटस लेख्नुभएको थियो ।

अदालतको आदेश बेवास्ता गर्दै पुन: वृक्षरोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए । सो भिडियोमा साम्पाङलाई अवरोध गर्ने रोजिना अधिकारी र उनका पति थिए । धरान–४ की रोजिनाले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको छ ।

गत साउन ६ गते शनिबार नगरप्रमुख साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षरोपण गर्नुभएको थियो ।

सो जग्गाको रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको छ । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै साम्पाङले अभियन्तासहित वृक्षरोपण गर्नुभएको थियो ।