२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वृक्षरोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध हर्क साम्पाङले दिए प्रहरीमा उजुरी



अ+ अ-

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीमा उजुरी दिनुभएको छ ।

वृक्षरोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै उहाँले प्रहरीसमक्ष उजुरी हाल्नुभएको हो ।

नगरप्रमुख साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले जानकारी दिनुभयो । उहाँले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

साम्पाङ अदालतले वृक्षारोपण नगर्न आदेश दिएको सर्दु जलाधार क्षेत्रमा दलबलसहित वृक्षरोपण गर्न जानुभएको थियो । उक्त जग्गा व्यक्तिगत हो । साम्पाङलाई एक महिलाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै थर्काएको भिडिओ सार्वजनिक भएको थियो ।

उनले अदालतको पत्रसमेत देखाएपछि साम्पाङले ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किनुभएको थियो । भिडिओ भाइरल भएसँगै नगर प्रमुख साम्पाङले २४ घण्टाभित्र मुद्दा हाल्ने चेतावनीयुक्त स्टाटस लेख्नुभएको थियो ।

अदालतको आदेश बेवास्ता गर्दै पुन: वृक्षरोपण गर्न गएपछि जग्गाधनीले अवरोध गरेका थिए । सो भिडियोमा साम्पाङलाई अवरोध गर्ने रोजिना अधिकारी र उनका पति थिए । धरान–४ की रोजिनाले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोग चलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, बिरुवा रोप्नेजस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको छ ।

गत साउन ६ गते शनिबार नगरप्रमुख साम्पाङले धरान बाँझगरा गाविस वडा नम्बर ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षरोपण गर्नुभएको थियो ।

सो जग्गाको रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको छ । उनलाई नगर प्रहरी लगाएर लछारपछार गर्दै साम्पाङले अभियन्तासहित वृक्षरोपण गर्नुभएको थियो ।




भर्खरै