५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला



डोलेश्वर मन्दिर।
अ+ अ-

भादगाउँ । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ ।

डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । समितिले डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिनछ ।

आजकै दिन डोलेश्वरको विशेष पूजाअर्चना गरी मेलाको समापन गरिँदै आएको महासचिव बस्नेतले बताउनुभयो । रासस