४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्छौँ: रोहित

भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्छौँ: रोहित
अ+ अ-

काठमाडौँ । भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

एशिया कपको यात्रा शुरु हुनु अगाडि मंगलवार काठमाडौंमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानबिरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गर्नुभएको हो । आगामी अगस्ट ३० मा पाकिस्तानबिरुद्ध खेल्दै नेपालले एशिया कपमा डेब्यु पनि गर्दैछ । सोही एशिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ । त्यसका लागि नेपाली टोली मंगलवार पाकिस्तान प्रस्थान गर्दैछ ।

कप्तान रोहितले क्रिकेटमा नतिजा यसै हुन्छ भन्न नसकिने उल्लेख गर्दै तयारीअनुरूपको प्रदर्शन गर्ने बताउनु भयो । भारत र पाकिस्तानबिरुद्ध खेल्दा विश्वकै नजर हुने भएकाले उनीहरूबिरुद्ध आफ्नो उत्कृष्ट दिने कप्तान रोहितको भनाइ छ । साथै सबै खेलाडी क्रिकेटको बलिया राष्ट्रसँग खेल्न उत्साहित रहेको उहाँले बताउनु भयो ।

पछिल्ला समय नेपाली क्रिकेट टोलीका भरपर्दा बलर सन्दीप लामिछानेले एशिया कप नखेल्ने समाचार बाहिरिएका छन् । उनले नखेल्ने भएपछि उनका समर्थकहरू पनि सन्दीपको सहभागिता नहुने विषयलाई लिएर चासो व्यक्त गरिरहेका छन् । नेपालका कप्तान रोहितले भने सन्दीप खेल्ने वा नखेल्ने विषयमा आफूलाई कुनै जानकारी नभएको तर सन्दीपको महत्व सबैमाझ स्पष्ट रहेको धारणा राख्नुभयो ।

क्यानका म्यानेजर प्रदीप मजगैयाँले पनि सन्दीपको सहभागिता नहुने विषयमा अहिले नै टुङ्गो लागिनसकेको बताउनु भयो । उहाँले सन्दीपको स्वास्थ्यमा समस्या रहेको पनि दाबी गर्नुभयो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले पछिल्ला समय भएका केही भ्रमणमा पनि सन्दीपको सहभागिता दुविधामा नै रहँदै आएको उल्लेख गर्दै उनी टोलीका च्याम्पियन खेलाडी रहेको पनि स्पष्ट पार्नुभयो ।

समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल अर्काे बलियो टोली भारतसँग सेप्टेम्बर ४ मा खेल्नेछ । त्यसका लागि नेपाल पाकिस्तानबाट श्रीलंकामा यो खेल खेल्ने जानेछ । बलियो भारतबिरुद्धको खेलका लागि पनि नेपाली टोली तयारका रहेको कप्तान पौडेल र प्रशिक्षक देसाईको धारणा रहेको थियो । नेपाली क्रिकेट टोलीका कप्तान रोहितले विश्वकप छनोटमा वेस्ट इण्डिज टेस्ट राष्ट्रसँग खेलेकाले त्यहाँबाट धेरै कुरा सिकेको र त्यो भारत र पाकिस्तानसँगको खेलमा लागू गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालले एशिया कपको लागि लामो समयदेखि तयारी गरिरहेको छ । वैदेशिक प्रशिक्षणसँगै घरमा पनि नेपालले तयारी गरिरहेको थियो । नेपाली क्रिकेट टोलीका प्रशिक्षक देसाईले भारत र पाकिस्तान अनुभवी राष्ट्र भए पनि उनीहरूबिरुद्ध अन्तिम समयसम्म चुनौति प्रश्तुत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । पछिल्लो ५/६ महिनायता जित्ने मानसिकताका साथ प्रशिक्षण गरिरहेको प्रशिक्षक देसाईको विश्वास छ ।

नेपालले एशिया कप खेल्ने जाने नेपाली क्रिकेट टोली नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट बिदाई भएको क्यानले जनाएको छ । एशिया कप अगाडि नेपाली टोलीले कराचीमा अभ्यास खेल खेल्नेछ । नेपाली टोलीले आगामी भदौ ९ सम्म त्यहाँ प्रशिक्षण र स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

रोहितको कप्तानीमा रहेको टोलीमा कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, गुलसन झा, करण केसी, किशोर महतो, श्याम ढकाल (मौसम), प्रतिश जिसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, अर्जुन साउद, भीम सार्की र सन्दीप जोरा छन् । यद्यपि, सन्दीपको सहभागिता बारे भने अहिलेसम्म टुङ्गो लागेको छैन ।