४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउछौंः प्रधानमन्त्री

विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउछौंः प्रधानमन्त्री
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत उत्पादन क्षमता वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ ।

मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको जलविद्युत उत्पादन क्षमता अनुसार विद्युत उत्पादन गरी बढी भएको विद्युत व्यापारको माध्यमबाट मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा लैजान सकिने बताउनु भयो । उहाँले उत्पादन भएको विद्युतलाई मुलुकभित्रै खपत गरी बढी भएको विद्युत विदेश निर्यात गर्नसके नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार हुने दाबी गर्नुभयो । उहाँले अन्तरदेशीय विद्युत व्यापार वृद्धि गर्न सके मात्रै विद्युत उत्पादन गर्ने क्षमता पनि बलियो बन्नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले सरकारले बनाउँदै गएका अन्तरदेशिय प्रशारणलाइनहरु पूर्व, मध्ये,पश्चिम सबैतिर बन्दा आवश्यक परेको बेला खरिद गर्न र धेरै भएको बेलामा विद्युत निर्यात गर्ने काम भइरहेको बताउनु भयो। उहाँले सरकारले ठूला गेमचेन्जर जलविद्युत आयोजनाहरु बिस्तार गर्ने लागि रहेको बताउनु भयो । उहाँले नेपालको उत्पादन गर्न सक्ने क्षमताको जलविद्युत उत्पादन गर्न अझै ३० देखि ४० वर्ष लाग्नसक्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले उत्पादन भएको विद्युत क्षमतालाई देशभित्रै खपत गर्ने धेरै कठिन रहेको भन्दै बढी भएको विद्युत नेपालले अन्तरदेशिय व्यापार गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको भन्दै त्यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्ने तयारी भएको उल्लेख गर्नुभयो ।

उहाँले धेरै वर्षदेखि नेपालले प्रतिक्षा गरेको नेपालको विद्युत बंगलादेशसम्म पु¥याउने विषयमा तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको बताउनु भयो। उहाँले नेपाल, भारत र बंलादेशकोबीचमा भएको त्रिपक्षिय सैदान्तिक समझदारीले नेपालको विद्युत बंलादेश निर्यात गर्ने बाटो खुलेको बताउनु भयो।

प्रधानमन्त्री दाहालले देशभित्रै बढी भन्दा बढी विद्युत खपत गरी नेपाली जनताको जीवनलाई सहज र विकासलाई गति दिनेगरी सरकारले काम गर्ने बताउनु भयो । उहाँले अहिले चुलोदेखि सवारी साधनसम्म विद्युतबाट चलाउने प्रक्रिया शुरु भएको भन्दै यसले देशको अर्थतन्त्र सकारात्मक बनाउने विश्वास रहेको बताउनु भयो । उहाँले विद्युत उत्पादन क्षमता वृद्धिबाट मुलुकको अर्थतन्त्रलाई धेरै सुधार गर्न सकिने बताउनु भयो । उहाँले चाँडै हुने चीन भ्रमणमा प्रशारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौता गरिने बताउनु भयो । उहाँले उक्त सम्झौताबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालको उत्पादन गर्नसक्ने जलविद्युत क्षमता छ । त्यो उत्पादन गर्न ३० देखि ४० वर्ष लाग्नसक्छ । त्यो क्षमतालाई देशभित्रै खपत गर्ने धेरै कठिन छ । बढी भएको विद्युत नेपालले अन्तरदेशिय व्यापार गर्नु छ । जसबाट नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार हुन सकोस् । विद्युत उत्पादन गर्ने क्षमता पनि बलियो बन्न सकोस् । त्यसकारण खास गरी भारतसँग अन्तरदेशिय प्रशारणलाइनहरु पूर्व, मध्ये,पश्चिम सबैतिर क्रमश बन्दै गएका छन् । त्यसबाट चाहिएको बेलामा विद्युत लिने धेरै भएको बेलामा विद्युत निर्यात गर्ने काम शुरु गरिसकेका छौं ।

भर्खरै हाम्रो भारत भ्रमणको बेलामा एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । त्यसलाई एउटा समारोहका साथ घोषणा गर्ने तयारी भएको छ । यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौं । धेरै वर्ष देखि नेपालले प्रतिक्षा गरेको नेपालको विद्युत बंगलादेशसम्म पु¥याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ । नेपाल, भारत र बंलादेशकोबीचमा त्रिपक्षिय सैद्धान्तिक समझदारी बनेको छ । नेपालको विद्युत बंलादेश पठाउने बाटो पनि खुलेको छ । देशभित्रै बढी भन्दा बढी विद्युत खपत गर्ने नेपाली जनताको जीवनलाई सहज बनाउने ,विकासलाई गति दिनेछौं ।

अहिले चुलो देखि सवारी साधनसम्म विद्युतबाट चलाउने प्रक्रिया शुरु भएको छ । यसले देशको अर्थतन्त्र सकारात्मक बनाउन शुरु गरिसकेको छ । डिजेल पेट्रोलको खपत घटाउन सकिन्छ । विद्युत उत्पादन क्षमता वृद्धिबाट मुलुकको अर्थतन्त्रलाई धेरै सुधार गर्न सकिन्छ । सरकारले तीनवटै क्षेत्रमा सुधार गर्नुछ । विद्युत उत्पादनलाई बढाउँदै लैजानुछ । व्यापक रुपमा सबस्टेशन र प्रशारणलाइनहरु बढाउँदै लैजानुछ । अन्तरदेशिय पनि बनाउनुछ । अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र विद्युत व्यापारका विषयमा सम्झौताहरु हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

उहाँले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रशारण लाइन पूर्व पश्चिम विद्युत आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तिब्रता दिन र अतिरिक्त भएको विद्युत निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले १ हजार २०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिन लागिएको उल्लेख गर्नुभयो । उहाँले ठूला जलविद्युत परियोजनाहरुमार्फत देशको अर्थतन्त्र सुधार गरी आत्मनिर्भर बनाउन सम्भव रहेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरण र मन्त्रालयले गरेको पहलकदमी सकारात्मक रहेको बताउनु भयो। उहाँले सरकारले जलविद्युतमा निजी लगानीलाई उच्च प्राथमिकतामा राखेर प्रोत्साहन गरिरहेको बताउनु भयो।

उहाँले सरकारले विद्युत खरिद तथा आयोजनाहरुमा थप सहयोग गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले जलविद्युत तथा प्रशारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौज्जुदा कानूनको संशोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताउनु भयो । उहाँले देशभित्रै विद्युत खपत बढाउनको लागि सवस्टेशन,प्रशारणलाइन,विद्युतीय चुलो र चार्जिङ स्टेशन बनाउन प्रोत्साहन गरिने बताउनु भयो। उहाँले विद्युत उत्पादन गरी खपत र निर्यात गर्न सके मुलुकको अर्थतन्त्रको क्रान्ति गर्नसक्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।