४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित

‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म बसेको बैठकले गरेको निर्णयानुसार पार्टीले ‘आन्तरिक विशेष अभियान’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

बैठकले साउन २० देखि ३० गतेसम्म राष्ट्रव्यापीरूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरेबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको थियो ।

सोहीबमोजिम प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिले समेत खटाएका प्रतिनिधिसँग समन्वय र परामर्श गरी निर्धारित कार्ययोजनाअनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमितिसम्मका कार्यक्रम तोकिएबमोजिमको समयसीमाभित्रै सम्पन्न गरिएका छन् ।

प्रतिकूल मौसम र विभिन्न जिल्लामा विभिन्न खाले रोग फैलिएको जोखिमपूर्ण अवस्थामा पनि पार्टीको निर्धारित कार्यक्रम सम्पन्न गर्न उत्साहकासाथ अहोरात्र खटिनुहुने सबैमा पार्टीले धन्यवाद ज्ञापन गरेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

अभियानले पार्टीको साङ्गठानिक अवस्थाबारे विधानसम्मत भए नभएको साक्षात परीक्षण गरिएको र पार्टी सङ्गठनलाई चुस्तदुरुस्त बनाउने महत्त्वपूर्ण कार्य गरेको केन्द्रीय कार्यालयको बुझाइरहेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।

अभियानबाट कांग्रेसले लिएको वर्तमान नीति र रणनीतिका कारण मुलुकका तीनै तहका निर्वाचनमा पार्टीले पहिलो स्थान कायम गर्न सफल भई सङ्घीय सरकारमा मुख्य साझेदार दल तथा चारवटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण सबैलाई बुझाउने काम भएको पार्टी कार्यालयले जनाएको छ ।

जनताको दैनिक जनजीवनका समस्यालाई गहिरोसँग बुझ्ने र राज्यको ध्यानाकर्षण गराउनुपर्ने विषयलाई प्रतिनिधिले आत्मसात् गर्दै भ्रष्टाचारविरुद्ध, सुशासनका पक्षमा कांग्रेस शून्य सहनशीलताको नीति लिन्छ र ‘कोही पनि दोषी नछुटुन र कोही निर्दोष नफसुन’ भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पार्टीले प्राथमिकताका साथ कार्यान्वयन गर्ने गराउने गरेको वास्तविक कुरालाई जनसमक्ष बुझाउन अभियान सफल भएको छ ।

अभियानअन्तर्गत निर्वाचनमा पार्टीले जारी गरेको संकल्प पत्रअनुसार जनप्रतिनिधिले काम गरे–नगरेको जानकारी लिएर पार्टीको नीति तथा सङ्कल्प–पत्रको आधारमा कार्य गर्न तथा आवश्यक समन्वय र सहजीकरण गर्ने गराउने कार्य भएको केन्द्रीय सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।

समग्रमा अभियान पाँच वा पाँचभन्दा कम निर्वाचन क्षेत्र भएका तराईका जिल्लामा सहज भए तापनि विकट पहाडी तथा हिमाली जिल्लामा मौसमका कारण र पाँचभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा समेत समयभाव भएको प्रतिनिधिको गुनासोलाई मध्यनजर गरी आगामी कार्यक्रम थप व्यवस्थित गर्दै लगिने पार्टी कार्यालयले जनाएको छ ।

अविरल वर्षा, बाढी पहिरो, डेङ्गु तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदायनै गम्भीररुपमा प्रभावित भएकाले हाल उनीहरुको सेवामा जुट्न सम्बन्धित तहका पार्टी सङ्गठनलाई आह्वान गर्ने र यही भदौ १० देखि २४ गतेसम्म गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको उहाँले जानकारी बताउनुभयो ।