४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खातीलाई मनोनीत गरेको छ ।

पूर्वमहान्यायधिवक्ता समेत रहेका खाती निर्वाचन समितिको संयोजकमामा मनोनीत भएका हुन् । त्यस्तै, केन्द्रीय अनुशासन समितिमा चार सदस्यहरु मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा ३४ (७) बमोजिम समितिको सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सन्जयकुमार गौतम र राजीव कोइरालालाई अनुशासन समितिको सदस्यमा मनोनीत गरेका हुन् ।

अनुशासन समितिको संयोजकमा यसअघि नै केन्द्रीय सदस्य आनन्द ढुंगाना मनोनीत भइसकेका थिए । अनुशासन समितिमा मनोनीत चारै जना नेताहरु पार्टीको केन्द्रीय कार्यसमितिका सदस्य हुन् ।