२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 2.06

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको स्वास्थ्य खराब भएपछि एजेण्डामा प्रवेश नै नगरी सर्वदलीय बैठक स्थगित



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि बसेको सर्वदलीय बैठक औपचारिकरूपमा बस्दै नबसी सकिएको छ ।

भोलि बिहान पुन: ११ बजे बस्नेगरी नेताहरू सामान्य भेटघाट गरेर उठेको नेकपा (एमाले) का मुख्य सचेतक पदम गिरीले बताउनुभयो । छानबिन समिति बनाउन माग गर्दै संसद् अवरोध गरिरहेको एमालेका कारण आज ३ बजेका लागि बोलाइएको संसद् बैठक पनि नबस्ने भएको छ ।

समितिको कार्यविधिबारे टुंग्याउने भएपछि ४ बजे प्रधानन्याधीशको शपथ र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको कारणले रोकिएको मुख्य सचेतक गिरीको भनाइ छ । उहाँका अनुसार समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको छ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहनुभएको छ ।

यसैबीच आजको बैठक स्थगित गरी भोलि साढे ३ बजेलाई निर्धारण गरिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।