४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै
अ+ अ-

काठमाडौँ । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरु बाँडिनु रहेको बताउनु भयो । उहाँले तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी आएको बताउनु भयो । उहाँले पहिला ठूलो सेटमा कार्यक्रम गर्ने गरेको तर अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अपेक्षा गरेअनुसारको पहिलो र दोस्रो आइसकेको छैन । कार्यक्रमहरु यस्तै धेरै बाँडिरहेका छन् । तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कम छ । ठूलो सेटमा कार्यक्रम गरेको थिएँ, अहिले सानो सेटमा गर्दै जानुपरेको छ । खुम्चिँदै गयौँ । पहिलाको जस्तो अवस्था छैन ।’

उहाँले गाईजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तुहरु उठान गरेको बताउनु भयो । उहाँले राजनीतिक नेताहरुलाई व्यंग्य गर्ने काममा मात्रै गाईजात्रा सकियो नि ? भन्ने सिने पत्रकारको प्रश्नमा उहाँले गाईजात्रा पहिलाबाट नै राजनीतिक रुपमा व्यंग्य गर्ने गरेको बताउनु भयो । अभिनेता नेपालले अन्य बेलामा अन्य विषय र कलाकारहरुलाई व्यंग्य गर्नसकिने तर राजनीतिप्रति खुलेर व्यंग्य गर्न पाइने एउटै अवसर गाईजात्रा भएकाले पनि नेताहरुलाई बढी व्यंग्य गरेको बताउनु भयो । उहाँले गाईजात्राको भिडियोमा काँग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको बताउनु भयो । साथै अन्य नेताहरु पनि देश देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरुमाथि व्यंग्य गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अरु कुरामा हामीले अरु बेला पनि हासि मजाक गर्न पाउँछौँ । कलाकारलाई रोष्ट गर्ने अरु बेला पनि छन्, गाईजात्रामा नेतालाई नै केन्द्रित गरेको हो । शुरुवात आदरणीय हरि दाई, मदन दाईले पनि राजनीतिलाई नै केन्द्र बनाएर गाईजात्रा गर्नुभएको हो । समग्र कुराको केन्दिबिन्दु राजनीति र नेताहरुसँगै केन्द्रित छ नि त । हामीले सामाजिक विषयवस्तु पनि उठाएका छौँ । पुण्य गौतमजीहरुलाई व्यंग्य गरेर केही हुँदैन, उहाँहरुले सरकारी पदमा बसेर कुनै केही बिगार्नुभएको छैन । राजनीति बिग्रियो है भनेर गाईजात्राबाट भनेका हौँ । शेरबहादुर देउवाजीमात्रै होइन सबै विदेश जाँदै हुनुहुन्छ, हाम्रो गाईजात्रामा ।’

कार्यक्रममा वरिष्ठ हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) ले मुन्द्रेको कमेडी क्लव बिस्तारै मैदानमा खरो उत्रिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मुन्द्रको कमेडी क्लव चलिरहेको छ । उ खेलाडी हो, मैदानमा छ, कति फल भए, कति गोल भए, कति प्रयास भए, कति असिस्ट भए । तर मैदानमा नै छ उ, मैदानबाट भागेको छैन ।’

गाईजात्रा २०८० नजिकिएसँगै कलाकारहरु हास्यव्यंग्यमार्फत समाज, देश र विदेशका राजनीतिक, समसामयिक विषयवस्तुमाथि व्यंग्यात्मक कार्यक्रम लिएर आउन थालेका छन् । गाईजात्राको अवसरमा हरेक वर्ष कलाकारहरुले आफ्ना व्यंग्यात्मक प्रश्तुती दर्शक र श्रोतामाझ पस्किँदै आएका छन् ।