१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा लाम्खुट्टेको लार्भा नस्ट गर्न ‘वायो लार्भिसिद’ छर्कदै, नेपालमै पहिलोपल्ट प्रयोग गरिदै



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग फैलन नदिन ‘वायो लार्भिसिद’ छर्कदैछ । लाम्खुट्टेको लार्भा नस्ट गर्ने जैविक औषधि ‘लार्भिसिद’ नेपालमै पहिलो पल्ट प्रयोग गर्न लागिएको काठमाडौँका मेयर बालेन शाहले जानकारी दिए ।

यसको प्रयोगले लामखुट्टे र त्यसका लार्भाबाहेक कसैलाई हानी नपुर्याउने मेयर शाहले बताए । ‘यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ’, उनले भने ।

यो औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने बताईएको छ ।

महानगरले डेङ्गी रोगको बारेमा परामर्श दिन नि:शुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । महानगरल अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको छ भने स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाएको छ ।