४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भ्रष्टाचारका प्रकरणलाई जनस्तरमा लैजान तल्लो कमिटीसम्म परिचालन गर्ने राप्रपाको निर्णय

भ्रष्टाचारका प्रकरणलाई जनस्तरमा लैजान तल्लो कमिटीसम्म परिचालन गर्ने राप्रपाको निर्णय
file
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी, सुन तस्करी जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ ।

आज बसेको सो पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

यस्ता छन् अन्य निर्णयहरुः
१. राप्रपाको आज बसेको पदाधिकारी बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई पार्टीले जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ ।

२. अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी आबद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उदघाटन, प्रवासी नेपाली समुदायसंगको अन्तरक्रिया र विविध कार्यक्रममा सहभागी हुन मंगलबार एकसाताका लागि त्यसतर्फ प्रस्थान गर्नुहुने भएकाले वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

३. बैठकले भूगोल केन्द्रीत जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूको प्रारम्भिक प्रतिवेदन र हालसम्मको सांगठनिक अवस्थाको समिक्षा गरेको छ । भूगोल केन्द्रीत कार्यक्रमले पार्टीमा उत्साह थपेको र सबै तह चलायमान भएको बैठकले निश्कर्ष निकाल्दै यसलाई अभियानको रुपमा अझ व्यवस्थित र प्रभावकारी बनाउदै लैजाने निर्णय गरेको छ ।