२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको विवाद विधानअनुसार नै समाधान गर्नुपर्छ: डा राणा



अ+ अ-

सुदूरपश्चिम । नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताउनुभएको छ ।

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा राणाले भन्नुभयो, “जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ । तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ ।”

उहाँले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिनुभयो । उहाँले भन्नुभयो, “म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ ।”

नेत्री डा राणाले पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेकोमा पनि जोड दिनुभयो । अरु राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौँ राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताउनुभयो ।

अर्को एक छुट्टै प्रसङ्गमा नेत्री राणाले आफूबाट कुनै गल्ती या कमीकमजोरी नभए पनि आफ्ना विरुद्ध राजनीतिक षड्यन्त्र हुने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मैले कहीँ कतै कुनै गल्ती गरेको छैन । राजनीतिकरूपमा जे गरेको छु आफ्नो पार्टी तथा देशका लागि गरेको छु, तर पछिल्लो समयमा मेरा विरुद्धमा षड्यन्त्र हुने गरेको छ । मेरा विरुद्धमा अनर्गल प्रचारमात्र हुने गरेको छ ।”

कार्यक्रममा डा राणालाई विकासका कामका लागि उहाँले पुर्याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको थियो ।

उक्त भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यत्रय सुशीला मिश्र भट्ट, नृपबहादुर ओड र डा जीवन रानाथारु, प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कमलबहादुर शाहलगायतले पार्टी सङ्गठन सुदृढीकरणका विषयमा धारणा राख्नुभएको थियो ।

भेलामा नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारु समुदायबाट पहिलो विद्यावारिधि प्राप्त गर्नुहुने कांग्रेसका केन्द्रीय सदस्य डा जीवन रानाथारुलाई पनि सम्मान गरिएको थियो । रासस