४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यु–१९ साफ च्याम्पियनसिपको तयारी शुरु

यु–१९ साफ च्याम्पियनसिपको तयारी शुरु
अ+ अ-

काठमाडौँ । आयोजक नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी शुरु गरेको छ ।

दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ । आगामी असोज चार गते दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि नेपालले तयारी थालेको हो ।

सोही प्रतियोगितालाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले जिल्ला, प्रदेश र केन्द्रको छनोटबाट कुल ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा समेत राखेको छ । मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा खेलाडी छनोट गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले फिफाको कन्ट्रोल फण्डिङ रहेको र उमेर समूहको प्रतियोगिता प्रायोजक पाउने कठिनाई भएकाले प्रतियोगिता बिना नै खुला छनोट टिम निर्माण गर्न बाध्य भएको बताउनु भयो ।

खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमवारदेखि नै प्रशिक्षण शुरु गरेका छन् । यस संस्करणको यु–१९ साफ च्याम्पियनसिपमा नेपाल समूूह ‘ए’ मा छ । उक्त समूहमा नेपालले पाकिस्तान र माल्दिभ्सको सामना गर्नेछ । अर्को समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । नेपालले आगामी सेप्टेम्बर २१ मा पाकिस्तानबिरुद्ध दशरथ रंगशालामा खेल्दै च्याम्पियनसिपको शुरुवात गर्नेछ । त्यसपछि नेपालले सेप्टेम्बर २३ मा माल्दिभ्ससँग खेल्ने तय छ ।

पछिल्लो संस्करणको यु–१९ साफ च्याम्पियनसिप सन् २०१५ मा नेपालमा नै आयोजना भएको थियो । उक्त संस्करणमा नेपालले फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो । त्यतिबेला नेपाललाई उक्त उपाधि दिलाउन सफल विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, सुनिल बल र तेज तामाङ हुन् । यही टोलीका अधिकांश खेलाडीले पछि सिनियर राष्ट्रिय टोलीमा समेत वर्चस्व राखेका थिए । यो टोली अहिलेसम्मकै उत्कृष्ट ब्याच मानिने गरिन्छ ।

यस पटक पनि घरेलु मैदानमा नै यु–१९ साफ च्याम्पियनसिप हुने भएकाले नेपालले यसको दाबेदारी प्रश्तुत गर्ने लक्ष्य राखेको छ । एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले पनि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालको पनि दाबेदारी रहने विश्वास व्यक्त गर्नुभयो ।

एन्फाले यस प्रतियोगिताका लागि टिकेटिङ अधिकारलगायत अन्य व्यवस्थापकीय पाटोमा सूचना जारी गरिसकेको जनाएको छछ । साथै सहभागी टोलीलाई पनि नेपाल आर्मीको खेल मैदान भद्रकाली र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाउने जनाएको छ । प्रतियोगिताका लागि करिव दुई करोड ७७ लाख ३२ हजार बराबर खर्च हुने एन्फाको अनुमान छ ।