२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्वासको मत लिने सम्भावना सकियो: मुख्यमन्त्री थापा



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने समय सकिएको बताएका छन् । सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले उपसभामुख सृजना दनुवारको अनुपस्थितीमा विश्वासको मत लिने सम्भावना नरहेको जनाए ।

‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो’, थापाले भने, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’

आज विश्वासको मत लिने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने थापाको भनाइ छ । उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरु रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि दाबी गरे ।

उनले उपसभामुखले संसदीय परम्परा तोड्ने काम गरेको आरोप लगाउदै भने, ‘एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत लिने समयमा अनुपस्थिति हुने हो भने आफैँले किन समय दिएको ? समय नदिएको भए हुन्थ्यो नि ?’