२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: माधव नेपालले पनि दिए सीआईबीलाई बयान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्री एवम् माधवकुमार नेपालसँग बयान लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आईतबार नेपालसँग बयान लिईएको सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले जानकारी दिईन् ।

गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो । सीआईबीको टोली भट्टराई निवास टोखामा पुगेर बयान लिएको नेसपाका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

यसअघि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय डा भट्टराई र माधव नेपालको बयान नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको थियो । नेपाल र भट्टराईसँग बयान नलिएपछि उनीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।