२० श्रावण २०८३, बुधबार
,
Latest
१५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि कांग्रेसको एकता अपरिहार्यः रञ्जित कर्ण प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट नेपाल राष्ट्र बैंक विधेयकः गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: सीआईबीले बाबुरामको लियो बयान



फाइल फोटो
अ+ अ-

काठमाडौँ । सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको बयान लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आईतबार भट्टराईको निवासमा पुगेर बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य बताइन् ।

नेसपाका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले भट्टराईले एआईजी बज्राचार्यलाई निवासमा बोलाएर ललिता निवास प्रकरणबारे उठेको प्रश्नहरूबारे जवाफ दिएका जानकारी दिए । करिब ४५ मिनेटको छलफलमा भट्टराईले आफूलाई जानकारी भएको कुरा साझा गरेका उनले बताए ।

त्यसैगरी, सीआईबीलाई आफूले दिएको जानकारी बारे उल्लेख गर्दै डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

यसअघि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय डा भट्टराई र माधव नेपालको बयान नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।