२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई हराउदै टि२० आईको उपाधि न्युजिल्यान्डलाई



अ+ अ-

एजेन्सी । घरेलु टोली युएईलाई हराउदै न्युजिल्यान्डले टि२० आईको उपाधि जितेको छ । आईतबार भएको निर्णायक खेलमा युएईलाई ३२ रनले हराउँदै न्युजिल्यान्डले तीन खेलको सिरिज २–१ ले जितेको हो ।

जितको लागि न्युजिल्यान्डले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन मात्र बनायो। युएईका आयन खानले सर्वाधिक ४२ रन बनाए । बासिल हामिद २४ रनमा अविजित रहँदा ओपनर अर्यांश शर्मा १६, मोहम्मद वासिम ८, वृत्य अरविन्द १२ र आसिफ खान ११ रन बनाए ।

न्युजिल्यान्डको जितमा तीव्र गतिका बलर बेन लिस्टरले ३ विकेट लिए । यस्तै, काइल जेमिसन, मिचेल सान्टनार र आदित्य अशोकले समान एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो ।

न्युजिल्यान्डका विल योंगले सर्वाधिक ५६ रन बनाएका थिए । मार्क च्यापम्यान ५१ रन बनाउँदा मिचेल सान्टनार २०, डेन फक्सक्रोफ्ट १०, टिम सिफर्ट १३ र चाद बोवेस ९ रन बनाए ।

युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले सर्वाधिक ३ विकेट लिए । मोहम्मद जवादुल्लाह र जहुर खानले समान एक विकेट लिए ।

न्युजिल्यान्ड पहिलो खेलमा १९ रनले विजयी भएको थियो भने दोस्रो खेलमा युएईले ७ विकेटले पराजित गरेको थियो ।