१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी बिद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पदः घनश्याम भुसाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र बिद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित ‘२०२८ः झापा बिद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले आफूलाई नेपालको कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताउनु भएको हो ।

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशष्त्र बिद्रोहलाई महान भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गर्नुभयो । उहाँले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

महासचिव भुसालले भन्नुभयो, ‘अहिले इतिहासको कुरा गर्दाखेरी, हुनत यो राजनीतिक कुरा हुन्छ । यो बिरोधको कुरा पनि सुन्न सकिएला । आज फर्केर हेर्दाखेरी चाहीँ खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन् । स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन् । हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दाखेरी इतिहासलाई अझै धेरै अगाडि लैजान्छौं भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरी जतिखेर मिलिन्छ, त्यतिखेर चाहीँ यो महान कुरा थियो भन्ने ।

जतिखेर मिलिँदैन, त्यतिखेर चाहीँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो विभत्स, डरलाग्दो यो असाध्य घृणाष्पद भन्छु म चाहीँ । यो चेतना डरलाग्दो कुरा छ । यही चेतना हो, जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ । यो सबै कुरा गर्छ । वास्तवमा यो यसो सोचेर ल्याउँदाखेरी मलाई एकदम उखुम हुन्छ मलाई पनि । अनि, त्यस्तो थियो, त्यसरी आएको हो । शिला टिपेको हो । आदि, इत्यादि ।’

महासचिव भुसालले नेपालको कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध बिस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ संकल्पसहितको क्रान्ति आवश्यक रहेको बताउनु भयो ।